निमाको 'हेर्देउन मायाले'मा तक्मे बुडा र रजनीको रोमान्स ( भिडियो ) 

निमाको 'हेर्देउन मायाले'मा तक्मे बुडा र रजनीको रोमान्स ( भिडियो ) 

रोदिक खबर

२, बैशाख २०७८
  • 3.9K
    SHARES
  • निमाको 'हेर्देउन मायाले'मा तक्मे बुडा र रजनीको रोमान्स ( भिडियो ) 
    काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा  रहेको 'हेर्देउन मायाले' बोलको  म्युजिक भिडियो सार्वजनिक भएको छ।  

    लोकलयमा आधारित यस गीतमा  लभद्रकला आङबुहाङ राईको शब्द रहेको छ भने र बादल लिम्बुको संगीत छ । म्युजिक भिडियो  विल्सन विक्रम राई (तक्मे बुडा ), रजनी गुरुङ  बीचको प्रेम र रोमान्स प्रस्तुत गरिएको छ।  भिडियोमा निमा तामाङ, सुजन राई र बिशाल लिम्बुको समेत अभिनय देख्न सकिन्छ।

    पाँचथरको सुन्दर दृश्य समावेश गरिएको यस भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन्। भिडियोमा  विल्सन विक्रम राईको कन्सेप्ट र कोरियोग्राफी रहेको छ।  किरण राईको छायांकन र निर्देशनमा भिडियो तयार पारिएको हो।  तक्मेबुडा डट कम मार्फत भिडियो सार्वजनिक गरिएको हो।  
     
     
     

    --

    प्रकाशित मिति :बैशाख २, २०७८ बिहिवार - ०९:०६:०४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको