कोभिडको सुरक्षा सामग्री सस्तो मूल्यमा बिक्री गर्दै आएको रिचार्जरले ५ वटा वाणिज्य बैंकसँग छुट सम्झौता गरेको छ। भदौ ११ गतेदेखि सुरु भएको मेगा ग्याजेट्स सेल मेलामा सेवाग्राहीलाई शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउन वाणिज्य बैंकहरुसँग छुट सम्झौता गरिएको रिचार्जरले जनाएको छ।
रिचार्जरले एनआईसी एशिया बैंक, सिद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक र मेगा बैंकसँग शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा सामान उपलब्ध गराउने सम्झौता गरेको हो। सम्झौता अनुसार भदौ ११ देखि १८ गतेसम्म चल्ने मेगा ग्याजेट्स सेलमा उल्लेखित ५ वाणिज्य बैंकको क्रेडिट कार्ड भएका ग्राहकले शुन्य प्रतिशत व्याजदरमा किस्ता बन्दीमा सामान खरिद गर्न सक्ने छन्।
कार्ड नभएकाहरुले रिचार्जर एपको इएमआईमा गएर किन्न चाहेको सामान छनौट गरी किस्ताबन्दीका लागि आवेदन दिन सक्ने छन्। यसरी आएको आवेदनको आधारमा बैंकहरुले सेवाग्राहीलाई आम्दानीको स्रोतका आधारमा क्रेडिट कार्ड जारी गर्ने रिचार्जरले जनाएको छ।
लकडाउनका बेला सेवाग्राहीलाई छुटसहितको अफरमा घरमै किस्ताबन्दीमा सामान उपलब्ध गराउन बैंकहरुसँग यस्तो सम्झौता गरिएको रिचार्जरले जनाएको छ।