शुक्रवार, भाद्र २६ गते २०८३

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

रोदिक खबर

२६, बैशाख २०७८
  • 3.2K
    SHARES
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता

    काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका ४० प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको हो ।

    मुख्यमन्त्री पोखरेलविरुद्ध यसअघि पनि वैशाख ६ मा अविश्वासको प्रस्ताव दर्ता भएको थियो। तर, त्यो प्रस्ताव छल्नका लागि मुख्यमन्त्री पोखरेलले १९ वैशाखको प्रदशेसभाको विशेष अधिवेशन बस्नुअघि नै राजीनामा दिएका थिए। राजीनालगत्तै बहुमतको एकल सरकार दाबी गर्दै उनकै नेतृत्वमा सरकार गठन भएको थियो।

    अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुले आफूहरुको पक्षमा बहुमत भएको दाबी गरेपनि प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरेका थिए ।

    अविश्वासको प्रस्तावमा छलफल हुन नपामई प्रदेशसभामा यथावत रहेको र नेकपा एमालेका दृगनारायण पाण्डेय र अमरबहादुर डाँगीको राजीनामा तथा माओवादी केन्द्र रोज्ने बिमला खत्रीको निर्णयपछि प्रदेशसभामा कायम ७९ सदस्यको बहुमत (३८ सांसद) एमालेसँग नभएको भन्दै चार दलले संविधानको धारा १६८ -१) बमोजिम एकल बहुमतको प्रदेश सरकार बन्न नसक्ने बताएका छन् ।

    यद्यपि प्रदेश प्रमुख दलहरुसँग परामर्श नगरी संविधान विपरित पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेको भन्दै चार दलले प्रदेशसभामा फेरि अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । उनीहरुले माओवादी संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।

    Motion-of-no-confidence-At-Lumbini-1.jpg

    प्रकाशित मिति :बैशाख २६, २०७८ आइतवार - १२:४८:०३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको