शुक्रवार, भाद्र २६ गते २०८३

लुम्बिनी प्रदेशसभाका उपसभामुखसहित प्रदेश सभा सचिवालयका ३५ जनामा कोरोना संक्रमण पुष्टि

लुम्बिनी प्रदेशसभाका उपसभामुखसहित प्रदेश सभा सचिवालयका ३५ जनामा कोरोना संक्रमण पुष्टि

रोदिक खबर

२७, आश्विन २०७७
  • 2.8K
    SHARES
  • लुम्बिनी प्रदेशसभाका उपसभामुखसहित  प्रदेश सभा सचिवालयका ३५ जनामा कोरोना संक्रमण पुष्टि

    लुम्बिनी प्रदेशका उपसभामुखसहित प्रदेश सभा सचिवालयका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सभामुख पूर्णबहादुर घर्तीमा कोरोना संक्रमण देखिएपछि आइतबार प्रदेश सभाका पदाधिकारीसहित सचिवालयमा कार्यरत ९५ जनाको स्वाब परीक्षण गरिएकोमा मंगलबार उपसभामुख कृष्णी थारुसहित ३५ जनाको कोरोना पोजेटिभ रिपोर्ट आएको हो ।

    देश सभा सचिवालयका प्रवक्ता श्यामप्रसाद श्रेष्ठका अनुसार १० जनाको नतिजा आउन बाँकी छ । कोरोना संक्रमण पुष्टी भएकाहरुमा प्रदेश सभा सचिवालयका सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक, ८ जना मर्यादापालक र ७ जना सुरक्षाकर्मीसमेत रहेका प्रवक्ता श्रेष्ठले बताए ।

    संक्रमण पुष्टी भएसंगै उपसभामुख कृष्णी थारु भैरहवास्थित सरकारी निवासको आइसोलेसनमा बसेकी छन् र अन्य कर्मचारीलाई आइसोलेसनमा राख्ने तयारी भइरहेको उनले बताए ।

    यसअघि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, सभामुख पूर्णबहादुर घर्ती, लेखा समिति सभापति डिल्लीबहादुर चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरण समिति सभापति दधिराम न्यौपानेमा पनि कोरोना संक्रमण देखिएको छ ।

    गएको असोज १९ र २० गते प्रदेश सभा वैठक बसेको थियो । उक्त वैठकका क्रममा प्रदेश सभा वैठकमा नाराबाजी र कुर्सी तोडफोड समेत भएको थियो । सो क्रममा सुरक्षाकर्मीको बाक्लो तैनाथी गरिएको थियो ।

    प्रकाशित मिति :आश्विन २७, २०७७ मंगलवार - २१:५२:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको