शुक्रवार, भाद्र २६ गते २०८३

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव दुई तिहाइले पारित

प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव दुई तिहाइले पारित

रोदिक खबर

२०, आश्विन २०७७
  • 3.3K
    SHARES
  • प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ राख्ने प्रस्ताव दुई तिहाइले पारित

    अढाइ वर्षपछि प्रदेश नम्बर पाँचले आफ्नो प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको छ। प्रदेशसभामा मतदान गराउँदै साविकको प्रदेश पाँचले आफ्नो नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ निर्धारण गरेको छ।

    आन्तरिक मामिला तथा कानूनमन्त्री कुलबहादुर केसीले प्रदेशको नाम र राजधानीबारे पेश गरेको प्रस्ताव दुई तिहाइ मतले पारित भएको हो।

    प्रदेशसभामा मंगलबार भएको मतदानमा कुल ८२ मतमध्ये ६९ मत दाङको भालुवाङलाई राजधानी बनाउने पक्षमा खसेको थियो। त्यसको विपक्षमा १३ जनाले मत हालेका थिए। ८७ सांसद रहेका लुम्बिनी प्रदेशमा मतदानका क्रममा पाँच सांसद अनुपस्थित थिए।  

    यस्तै, लुम्बिनी नाम राख्ने पक्षमा कुल ८३ मध्ये ७९ खसेको थियो। विपक्षमा भने चार मत खसेको थियो। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ले सरकारले पेश गरेको प्रस्तावका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो।  प्रमुख प्रतिपक्षी दल कांग्रेसले भने विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो।

    प्रकाशित मिति :आश्विन २०, २०७७ मंगलवार - १८:०४:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको