सज्‍जा बनिन् नेपाल आइडल सिजन ३ विजेता

सज्‍जा बनिन् नेपाल आइडल सिजन ३ विजेता

रोदिक खबर

१३, भाद्र २०७७
  • 2.9K
    SHARES
  • सज्‍जा बनिन् नेपाल आइडल सिजन ३ विजेता

    काठमाडौं । नेपाल आइडल तेस्रो सिजनको उपाधि मोरङकी सज्जा चौलागाईंले जितेकी छन्। शुक्रबार राति भएको ग्राण्ड फिनालेबाट मोरङकी सज्जा विजेता घोषणा भएकी हुन् ।

    उनले किरण कुमार भुजेल र प्रवीण बेडवाललाई पछि पारेकी हुन्। यस्तै वाइल्ड कार्डबाट प्रवेश गरेका प्रवीण बेडवाल फस्ट रनरअप बन्न सफल भए। किरण कुमार भुजेल भने तेस्रो स्थानमा सीमित रहे।

    सुरुवाती दिनदेखि नै उत्कृष्ट प्रस्तुति दिँदै आएकी सज्जा यस सिजनको विजेता बन्न सक्ने धेरैको अनुमान थियो। त्यही अनुरुप दर्शकले दिएको भोटका आधारमा सज्जा विजेता घोषित भएकी हुन्।

    विजेतालाई ५० लाख, फस्ट रनर अपलाई १० लाख र सेकेन्ड रनर अपलाई ५ लाख पुरस्कार दिइने आयोजकले जनाएको छ। 

    प्रकाशित मिति :भाद्र १३, २०७७ शनिवार - ००:१०:३७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको