कोरोना असर जाडोमा झन् भयावह हुने

कोरोना असर जाडोमा झन् भयावह हुने

रोदिक खबर

१४, भाद्र २०७७
  • 2.3K
    SHARES
  • कोरोना असर जाडोमा झन् भयावह हुने

    बेलायत सरकारद्वारा गठित एउटा वैज्ञानिक समितिले बेलायतमा आउँदो जाडोयाममा कोरोना भाइरस ९कोभिड–१९० का कारण स्थिति झन् भयावह हुने चेतावनी दिएको छ । सेज वैज्ञानिक समूहको प्रतिवेदनमा ८५ हजार जनासम्मको ज्यान जान सक्ने उल्लेख गरिएको हो ।

    स्थानीय सञ्चारमाध्यमले फेला पारेको एक गोप्य प्रतिवेदनमा कोभिड नियन्त्रण गर्न सरकारलाई विभिन्न सुझावसमेत दिइएको छ । तर, विद्यालयहरू भने खुलाइराख्न सकिने प्रतिवेदनमा उल्लेख छ ।

    उक्त दस्तावेज बीबीसी न्युज नाइटले फेला पारेको हो । सो समूहले बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा ९एनएचएस० र स्थानीय निकायहरूलाई जाडोयामका केही महिना शवगृह व्यवस्थापन, दाहसंस्कार र अन्य सेवाबारे पूर्वतयारी गर्न सजिलो होस् भन्ने उद्देश्यले सरकारका लागि प्रतिवेदन बनाएको हो ।कान्तिपुरमा खबर छ ।

    प्रकाशित मिति :भाद्र १४, २०७७ आइतवार - ०८:०७:०७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको