नविन संघर्षको ‘मायाँ रेलैमा’ 

नविन संघर्षको ‘मायाँ रेलैमा’ 

रोदिक खबर

११, भाद्र २०७८
  • 5.4K
    SHARES
  • नविन संघर्षको ‘मायाँ रेलैमा’ 

    खोटाङ । खोटाङका युवा गीतकार एबं संगीतकार नविन संघर्षले पुःन अर्को ‘मायाँ रेलैमा’ बोलको नयाँ गीत सार्वजनिक गरेका छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाका गीतकार एवं संगीतकार नविनले आफ्नै शव्द र संगीतमा गायिका तारा श्रीस र गायक प्रदेश राईको स्वरमा सजिएको पूर्वेली लोकगीत सार्वजनिक गरेका हुन् । स्टुडियो किङ काठ्माण्डौंमा रेकर्ड गरिएको गीत स्टुडियो किङकै यूटुवबाट सार्वजनिक गरिएको हो । 


    राजु कार्कीको संगीत संयोजन रहेको गीतमा ‘सुख बिसाउने ठाउँ विदेशमा नभै स्वदेशमै भएकाले आफ्नै ठाउँमा रम्नुपर्ने’ जोडी मायाँलुबिचको प्रेमालाप सुन्न सकिन्छ । गत मंसिर यता आफ्नै शव्द र संगीतमा ‘गाउँघर छाडी आएँ (मारुनी), छातीमा देश बोके पो (स्वदेश गान) र ‘दिक्तेल बजारमा’ बोलको गीत बजारमा ल्याइसकेका नविनले पुःन अर्को पुर्वेली लोकगीत सार्वजनिक गरेका हुन् । 

    हाल काभ्रेपलाञ्चोक जिल्लाको चौंरीदेउराली गाउँपालिका–७ मादनकुँडारीस्थित सिर्जनशिल जनता माविमा कार्यरत नविन सांगीतिक क्षेत्रमा समेत आफ्नो परिचय बनाउन संघर्षरत छन् । हालसम्म बजारमा आएकामध्ये नविनका ‘जंघार तरि नजानु है, नेपाली हुँ भन्ने हाम्रो छाती हुनुपर्छ, आमा, जीन्दगी’ श्रोताले बढि रुचाएका गीत हुन् ।

    उनका दर्जनौं गीत पाण्डुलिपीमा सुरक्षित छन् । त्यी गीतहरु क्रमशः रेकर्ड गर्दै सार्वजनिक गरिने गीतकार एबं संगीतकार नविनले बताए ।

    २०६८ सालमा संगीतकार भीमसेना राईको सोलो कम्पोज रहेको एल्बम बेस क्याम्पमा समावेस ‘जंघार तरि नजानु है’ बोलको गीतमार्फत नविनले नेपाली गीतसंगीतको औपचारिक यात्रा सुरु गरेका हुन् । 

    प्रकाशित मिति :भाद्र ११, २०७८ शुक्रवार - २२:२८:०९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको