किरण गजमेर र   मेलिना राईको युगल गायनमा रहेको 'एकै छिन' बोलको म्युजिक भिडियो सार्वजनिक

किरण गजमेर र   मेलिना राईको युगल गायनमा रहेको 'एकै छिन' बोलको म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

२, आश्विन २०७८
  • 3.9K
    SHARES
  • किरण गजमेर र   मेलिना राईको युगल गायनमा रहेको  'एकै छिन' बोलको म्युजिक भिडियो सार्वजनिक
    काठमाडौँ । भोइस अफ नेपाल सिजन ३ विजेता गायक किरण गजमेर र  लोकप्रिय गायिका मेलिना राईको युगल गायनमा रहेको 'एकै छिन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

    प्रेमी प्रेमिकाले एक अर्कालाई देख्न भेट्न नपाउदाको छटपटी, निराशालाई गीतमा व्यक्त गरिएको छ। अमेरिकाको ओहायो निवासी गीतकार गोपाल लोहारको यस गीतमा शब्द रहेको छ।  वरिष्ठ संगीतकार वसन्त सापकोटाले संगीतवद्द गरेको यस गीतलाई विषम आचार्यले संगीत संयोजन गरेका हुन्।

    ललितपुरको गोदावरीमा छायांकन भएको भिडियोमा प्रभात पाल ठकुरी र कविता न्यौपाने बीचको अन्स्क्रिन प्रेम र रोमान्सलाई प्रस्तुत गरिएको छ। श्याम तामाङ्गले छायांकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्। भिमा लोहार निर्मात्री रहेको  यस भिडियोलाई  काजी लिम्बु र श्याम लामाको सयुक्त निर्देशनमा भिडियो तयार पारिएको हो।

    यसअघि गायक किरण गजमेर संगको सहकार्यमा यहि टिमले तयार पारेको 'किन  मायामा' दर्शक स्रोता माझ लोकप्रिय छ।  गोलो प्रडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।  निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ।    
     
     भिडियो लिंक: https://youtu.be/3CuVy5SeOqA

    प्रकाशित मिति :आश्विन २, २०७८ शनिवार - १०:३८:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको