कोरोनाका कारण स्नातक र स्नातकोत्तर तहको सेमेस्टर परीक्षा घरबाटै

कोरोनाका कारण स्नातक र स्नातकोत्तर तहको सेमेस्टर परीक्षा घरबाटै

रोदिक खबर

१५, भाद्र २०७७
  • 6.6K
    SHARES
  • कोरोनाका कारण स्नातक र स्नातकोत्तर तहको सेमेस्टर परीक्षा घरबाटै

    काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विद्यार्थीहरू केन्द्रमा उपस्थित भएर परीक्षा सञ्चालन गर्न नसक्ने भएपछि पूर्वाञ्चल विश्वविद्यालयले वैकल्पिक (टाइम–बाउन्ड होम एक्जाम) विधिबाट परीक्षा लिने भएको छ ।

    सेमेस्टर प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न लागिएको पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले जानकारी दिए ।

    पूर्वाञ्जल विश्वविद्यालय प्राज्ञिक परिषद्को आइतबार र कार्यकारी परिषद्को सोमबारको बैठकले असोज पहिलो साताबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

    के हो टाइम–बाउन्ड होम एक्जाम ?

    टाइम–बाउन्ड होम एक्जाम परीक्षार्थीले घरमै बसेर दिने परीक्षा हो । विश्वविद्यायले परीक्षा सुरु हुनुभन्दा पहिला ३० मिनेट पहिले प्रश्नपत्र क्याम्पस प्रमुख वा केन्द्राध्यक्षलाई इमेलमार्फत पठाउँछ । क्याम्पस प्रमुख वा केन्द्राध्यक्षले परीक्षा सुरु हुनुभन्दा १५ मिनेट अगाडि परीक्षार्थीको इमेलमा प्रश्नपत्र पठाउँछ ।

    निर्धारित समयमा परीक्षा दिएर उत्तरपुस्तिकामा परीक्षार्थीलाई फेरी केन्द्राध्यक्ष वा क्याम्पस प्रमुखलाई पठाउँछ । केन्द्राध्यक्ष वा क्याम्पस प्रमुखले इमेलमार्फत पठाएको उत्तरपुस्तिका परीक्षा नियन्त्रण कार्यालयले ‘क्लस्टर’ छुट्याएर जाँच्न पठाउँछ ।

    परीक्षा नियन्त्रक प्रा.डा. संग्रौला यसबारे विस्तृत जानकारी सहितको निर्देशिका र परीक्षा कार्यक्रम यथाशीघ्र प्रकाशित गरिने बताउँछन् ।

    प्रकाशित मिति :भाद्र १५, २०७७ सोमवार - २१:०१:३७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको