कक्षा १२ को परीक्षा दशैँ अगावै हुने

कक्षा १२ को परीक्षा दशैँ अगावै हुने

रोदिक खबर

१६, भाद्र २०७७
  • 3.1K
    SHARES
  • कक्षा १२ को परीक्षा दशैँ अगावै हुने

    काठमाडौँ। कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो ।

    बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी स्थगित परीक्षा छिट्टै लिने अन्तिम तयारीमा आफूहरू जुटेको र दशैँअघि नै हुने जानकारी दिए ।

    विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिएर दशैँअघि नै परीक्षा लिने तयारी परिषद्का अधिकारीहरू जुटेका छन् । आजको गोरखापत्र दैनिकमा खबर छ ।

    प्रकाशित मिति :भाद्र १६, २०७७ मंगलवार - ०८:१५:०० बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको