शुक्रवार, भाद्र २६ गते २०८३

अदितीको फेसन

अदितीको फेसन

रोदिक खबर

१७, भाद्र २०७७
  • 4.4K
    SHARES
  • अदितीको फेसन

    लामो समयदेखि कामविहिन बन्नुको पीडा त कलाकारलाई छदै छ अर्कोतिर, घरमै बसिरहँदा उनीहरुलाई सकस पनि हुने गर्दछ । दैनिक क्यामेराको अगाडि एक्सन र कटमा रमाएका कलाकार घरमा रहँदा चिन्ता, डर र एक्लोपनाले सताउन सक्छ ।

    मुम्बइमा रहेर मोडलिङ गरिरहेकी नायिका अदिती वुढाथोकी एक चलचित्रको छायांकनका लागि नेपाल आएकी थिइन् । तर, चलचित्रको घोषणा हुनु अगाडि नै नेपालमा लकडाउन भयो ।

    aditi-budathoki-1-1.jpg

    यसपछि, नेपालमै रहेकी अदितीले सामाजिक संजालमा त दैनिक तस्वीर पोष्ट गर्दै फ्यानसँग जोडिने कोशिश गरिरहेकी छिन् । तर, काम सुरु नहुँदाको छटपटीमा उनीमा पनि पक्कै छ । 

    ‘कृ’ डेब्यू नायिकाले दोश्रो नेपाली चलचित्रको सुरुवात गर्न पाएको भए अहिलेसम्म उनको कामको चर्चा बजारमा भैसक्ने थियो । तर, अदितीले यो काम गर्न पाइनन् ।

    उनै अदिती लकडाउनको समयमा घरमा रहँदा चिन्ता र डरबाट टाढा रहनका लागि सकारात्मक सोच्नुपर्ने बताउँछिन् । साथै, आफ्नो कामप्रति सधै कृतज्ञ रहनुपर्ने बताउने अदिती फेसनमा रमाउन सिक्न पनि सुझाव दिन्छिन् ।
    अदिती आफै पनि दैनिक योगा गर्ने, पुस्तक पढ्ने गरिरहेकी छिन् ।

    प्रकाशित मिति :भाद्र १७, २०७७ बुधवार - १४:००:५८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको