ललितपुर । रातो मछिन्द्रनाथको रथयात्राको आज क्षमा पूजा गरिएको छ। शुक्रबार बिहान १० बजे ८ जना पुजारीको सहभागितामा क्षमा पूजा गरिएको हो। स्थानीय बासिन्दाले निषेधाज्ञाकैबीच रथ तान्न खोजेपछि बिहीबार प्रहरीसँग झडप भएको थियो।
त्यसपछि सरोकारबालाको बैठक बसेर आज क्षमा पूजा गर्ने निर्णय गरिएको थियो। आज ललितपुरमा कर्फ्यू लगाइएको छ। कर्फ्यूकैबीच केही पुजारीहरुलाई पास दिएर क्षमा पूजा गर्ने व्यवस्था मिलाइएको हो। अब रातो मछिन्द्रनाथको रथ भने पर्सी तानिने बताइएको छ।