राष्ट्रपतिले युवराजको नाम रोकेपछि.......

राष्ट्रपतिले युवराजको नाम रोकेपछि.......

रोदिक खबर

२४, भाद्र २०७७
  • 3.1K
    SHARES
  • राष्ट्रपतिले युवराजको नाम रोकेपछि.......

    प्रधानमन्त्री केपी ओलीले मन परेको मान्छेलाई कसरी च्याप्छन् भन्ने कुराको सानो उदाहरण हो, डा. युवराज खतिवडाको अर्थमन्त्रीमा कार्यकाल सकिनु १० दिनअघि नै पुनः राष्ट्रियसभा सदस्य मनोनयनका लागि राष्ट्रपति समक्ष सिफारिस ।

    एउटा वाक्य उच्चारणमा सामान्य त्रुटी भएबापत कानुन मन्त्रीबाट राजीनामा दिनुपर्ने स्थितिमा पुगेका शेरबहादुर तामाङको हकमा यस्तो सदाशयता प्रकट भएन । तर, युवराजलाई अचम्मैसँग १० दिनअघि नै फेरि राष्ट्रियसभा सदस्यमा सिफारिस गरियो ।

    प्रधानमन्त्रीले पठाएको भन्दैमा राष्ट्रपतिले तत्काल स्वीकृत गरी मनोनयनको सूचना राष्ट्रिय सभालाई दिइनन् । बरु, रोकेरै राखिन् । र, बालुवाटारका सल्लाहकारहरुबीच चलेको चर्चाअनुसार उनले भनिन्, ‘अहिले यसो नगरौँ, वामदेव कमरेडलाई नबिच्क्याऔँ ।’

    राष्ट्रपतिको यस्तो आग्रहमाथि प्रधानमन्त्रीले दिएको जवाफ चकित पार्ने खालको थियो । भने, ‘केपी ओलीले एउटा काम दोहो¥याएर गर्दैन भन्ने थाहा होला नि १’ कुनै बेला फेरि गृहमन्त्री बन्न प्रस्ताव गरिँदा ‘एउटा कक्षा दोहो¥याएर पढ्दिनँ’ भनेकै शैलीमा उनको जवाफ थियो त्यो । तर, कुनै कालखण्ड वा परिस्थिति यस्तो आउँछ कि गर्दिनँ भनेको काम पनि गर्नुपर्ने हुन्छ ।

    स्थिति सधैँ सोचेअनुकूलको हुँदैन । हिसाब–किताब फेर्नुपर्ने पनि हुनसक्छ । अन्ततः प्रधानमन्त्री आफैँले ६ महिनापछि पार्टीको सचिवालय बैठकमा वामदेवलाई राष्ट्रियसभामा लैजान प्रस्ताव गर्नुपरेको खबर जनआस्था साप्ताहिकमा छापिएको छ ।

    प्रकाशित मिति :भाद्र २४, २०७७ बुधवार - ०९:१७:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको