कोभिड–१९ का विषयमा निवन्ध र चित्रकला प्रतियोगीता 

कोभिड–१९ का विषयमा निवन्ध र चित्रकला प्रतियोगीता 

रोदिक खबर

३०, भाद्र २०७७
  • 6.5K
    SHARES
  • कोभिड–१९ का विषयमा निवन्ध र चित्रकला प्रतियोगीता 

    खोटाङ ।  खोटाङको खोटेहाङ गाउँपालिकाले कोभिड–१९ को बारेमा मावि स्तरीय निवन्ध लेखन तथा चित्रकला प्रतियोगीता गरेको छ । वालदिवसको अवशरमा गाउँपालिकाले सोमबार कोभिड–१९ का विषयमा मावि स्तरीय निवन्ध लेखन तथा आधारभुत विद्यालय स्तरिय चित्रकला प्रतियोगीता आयोजना गरेको हो ।

    1600144351-gXpr3.jpg

    ‘कोभिड–१९ को सन्दर्भमा बैकल्पिक शिक्षाको आवश्यकता र महत्व’ विषयक निवन्ध लेखन प्रतियोगीतामा भगवती दिनानाथ मावि खोटाङबजारका कक्षा १० का छात्र सविन गेलाल प्रथम भएका छन् । यस्तै, सिमपानी मावि सिमपानीका छात्रा सिर्जना राई दोश्रो र कृष्ण मावि बर्रे सिमपानीका निश्चल परियार तेश्रो भएका छन् । 

    ‘कोभिड–१९ को रोकथाम तथा नियन्त्रण’ शीर्षकमा गरिएको चित्रकला प्रतियोगीतामा भाषा आधारभुत विद्यालय बड्कादियालेका छात्र दिनाश तामाङ प्रथम, भानु आधारभुत विद्यालय लिच्कीराम्चेका छात्र एकराज राई दोश्रो र सावाकाली मावि सावाकटहरेका छात्र पुष्पन राई तेश्रो भएका छन् ।

    निवन्ध तथा चित्रकला प्रतियोगीताका विजेतालाई क्रमशः ५ हजार, ३ हजार र २ हजारका साथमा प्रमाण–पत्र प्रदान गरिएको छ । विजेता छात्र/छात्रालाई खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राई र उपाध्यक्ष कविता राईले पुरस्कार हस्तान्तरण गरेका थिए । चित्रकला प्रतियोगीतामा कक्षा ६ देखि कक्षा ८ सम्मका छात्र÷छात्रा सहभागी थिए । 

    प्रकाशित मिति :भाद्र ३०, २०७७ मंगलवार - १४:१७:४२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको