युवा नेता पौडेलको राष्ट्रवादी गीत ‘मुर्झिएका सपना’ सार्वजनिक

युवा नेता पौडेलको राष्ट्रवादी गीत ‘मुर्झिएका सपना’ सार्वजनिक

रोदिक खबर

१, आश्विन २०७७
  • 4.5K
    SHARES
  • युवा नेता पौडेलको राष्ट्रवादी गीत ‘मुर्झिएका सपना’ सार्वजनिक

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता रमेश पौडेलको राष्ट्रवादी गीत ‘मुर्झिएका सपना’ सार्वजनिक भएको छ । राजेश पायल राईको स्वर र शान्तिराम राईको संगीतमा रहेको ‘मुर्झिएका सपना’सार्बजनिक भएको हो ।

     बुधबार सार्वजनिक गीतमा पौडेलले शब्द कोरेका छन् । किरण क्रियशनले यूट्युबमार्फत सार्वजनिक गरेका छन् भने, अमोश तामाङ्गले लयबद्ध गरेको गीतलाई एक्सन रेकडिङ्गले रेकर्ड गराएको हो ।

    राष्ट्रवादी गीत ‘मुर्झिएका सपना’मा स्वंय गीतकार रमेश पौडेलले अभियन पनि गरेका छन् । गीतमा रमेश पौडेलसहित दर्जन बढि कलाकारको उपस्थिति छ ।

    गीतमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका राष्ट्रवादी कामहरुको चर्चा गरिएको छ । ओली नेतृत्वको सरकारले गुमेको भुमी नंक्शा संशोधन गरि सार्बजनीक गरेको लगायतका महत्वपूर्णं निर्णय गरेर आम नेपालीलाई राष्ट्रवादी बन्न प्रेरणा दिएको कुरालाई चर्चा गरिएको छ ।

    प्रकाशित मिति :आश्विन १, २०७७ बिहिवार - १७:०७:३२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको