स्याङ्जा पहिरो : नौ जनाको सामूहिक दाहसंस्कार

स्याङ्जा पहिरो : नौ जनाको सामूहिक दाहसंस्कार

रोदिक खबर

९, आश्विन २०७७
  • 4.4K
    SHARES
  • स्याङ्जा पहिरो  : नौ जनाको सामूहिक दाहसंस्कार

    स्याङ्जा । पहिरोमा पुरिएर ज्यान गुमाएका नौ जनाको रामनदी धाम ९राम्दी० मा बिहीबार साँझ सामूहिक दाहसंस्कार गरिएको छ । स्याङ्जा र पाल्पाको संगमस्थल रामनदीधामस्थित कालीगण्डकी नदीमा सामूहिक दाहसंस्कार गरिएको हो ।

    नौ जनालाई आठ वटा छुट्टाछुट्टै चिता बनाइएको थियो । ६ महिनाको बालकलाई १९ वर्षीया आमा बिनिता नेपालीसँगै एउटै चितामा राखेर दाहसंस्कार गरिएको नेपाल दलित सङ्घ स्याङ्जाका अध्यक्ष लिलबहादुर रनपालले बताए । सबैजना एकैघरका भएकाले दागबत्ती दिने परिवारभित्रैको कोही पनि नभएपछि आफन्तमध्येका जीबलाल परियारले सबै जनालाई दागबत्ती दिए ।

    पश्चिमी वायु सक्रिय भई पूर्वी वायुलाई धकेल्ने अवस्था बनेपछि मात्रै मनसुन अन्त्य हुन्छ। तर, यसपटक मनसुन सकिन अझै केही समय कुर्नुपर्ने पौडेलको भनाइ छ। उनका अनुसार आइतबारदेखि पश्चिमी वायु केही बढी सक्रिय हुनेछ। त्यसले पार्ने प्रभाव र भारतीय भूभागको मौसमी गतिविधि विश्लेषणपश्चात मात्रै मनसुन बर्हिगमन हुने अवधि तोक्न सकिने उनको भनाइ छ।

    नेपालसहित दक्षिण एसियाली मुलुकमा पछिल्ला वर्ष मनसुन अवधि धकेलिँदै गएको छ। गत वर्ष जुन २० ९असार ५० मा नेपालमा सुरु भएको मनसुन औसत दिनभन्दा १९ दिन ढिलो गरी अक्टोबर १२ ९असोज २५० मा मात्रै सकिएको थियो। नेपालसहित दक्षिण एसियाका लागि अंग्रेजी महिना जुन, जुलाई, अगस्ट र सेप्टेम्बर मनसुन अवधि हो।

    विश्व मौसम संगठन ९डब्ल्यूएमओ०ले जुन १० देखि सेप्टेम्बर २३ तारिखसम्मलाई नेपालको ‘मनसुनी क्यालेन्डर’ तय गरेको छ। तर एक दशकयताको मनसुन अक्टोबरमा मात्रै अन्त्य भएको जल तथा मौसम विज्ञान विभागको तथ्यांक छ। मनसुन अवधि असोजभर लम्बिन थालेपछि विभागले आगामी वर्षदेखि मनसुनी क्यालेन्डर हेरफेर गर्ने तयारी गरेको छ।

    मंगलबारदेखिको निरन्तर वर्षाले मुलुकका मुख्य नदी, खोला र जलाधार क्षेत्रमा जलसतह उच्च भएको छ। नारायणी नदीले खतराको तह पार गरेपछि स्थानीय प्रशासनले बिहीबार बिहान सबेरै नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई ‘मास एसएमएस’ पठाएको छ। सो भेगका स्थानीयलाई सतर्क रहन र सुरक्षित स्थानतर्फ जान आग्रह बिहान ३ बजे र दिउँसो पनि मास एसएमएस पठाइएको विभागको बाढी शाखाका हाइड्रोलोजिस्ट सुनील पोखरेलले बताए।

    उनका अनुसार बुटवलको तिनाउ, बारा र रौतहटको लालबकैया नदी आसपासका बस्ती र नवलपरासीमा पनि त्यस्तो अग्रिम सूचना पठाइएको छ। कन्काई, कमला, बागमती, नारायणी, तिनाउ, पश्चिम राप्ती, बबई र चुरे क्षेत्रहुँदै बहने प्रदेश १, २ र ५ का अन्य नदी खोलामा शुक्रबार पनि जोखिम यथावत् रहेको उनको भनाइ छ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाले मंगलबारयता देशभर वर्षा भएको जनाएको छ। पछिल्लो २४ घण्टामा (बिहीबार साँझसम्म) सबैभन्दा धेरै भैरहवामा १०३.९ मिलिमिटर वर्षा भएको छ। सिमरामा ८०, विराटनगरमा ७४।७, पोखरामा ६९।५, काठमाडौंमा ५९.९ मिलिमिटर र अन्यत्र पनि दिनभर मध्यम वर्षा भएको महाशाखाले जनाएको छ। अन्नपूर्ण पोस्ट दैनिकमा टीका बन्धनले समाचार लेखेका छन् ।

    प्रकाशित मिति :आश्विन ९, २०७७ शुक्रवार - ०८:५१:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको