शुक्रवार, भाद्र २६ गते २०८३

 मुखिया बने सानिमा लाईफ इन्स्योरेन्सको सिईओ

 मुखिया बने सानिमा लाईफ इन्स्योरेन्सको सिईओ

रोदिक खबर

१२, आश्विन २०७७
  • 6.5K
    SHARES
  •  मुखिया बने सानिमा लाईफ इन्स्योरेन्सको सिईओ

    काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सको सिईओमा अगम मुखिया नियुक्त भएका छन् । आइतबार साँझ बसेको सञ्चालक समितिको बैठकले मुखियालाई चार वर्षको लागि सिईओमा नियुक्ती गर्ने निर्णय गरेको हो ।  

    जीवन बीमा व्यवसायमा नयाँ प्रडक्ट उत्पादन तथा मार्केटिङ सम्बन्धी रणनीति बनाउन माहिर मुखियाले अबको चार वर्ष सानिमा लाईफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका छन् ।

    उनको कार्यकालमा हाल निकै पछाडि रहेको सानिमा लाईफले व्यवसाय फड्को मार्ने विश्वास गरिएको छ । नेपाल लाईफ इन्स्योरेन्सबाट बीमा क्षेत्रमा करिअर सुरु गरेका मुखियाले जीवन बीमा क्षेत्रमा १३ वर्षभन्दा बढि अनुभव सहित संयुक्त राष्ट्र संघीय नियोग आईएलओ समेत काम गरेर अनुभव बटुलेका छन् । 

    काठमाडौं विश्व विद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर, त्रिभुवन विश्व विद्यालयबाट फिजिक्समा एमएस्सी उत्तिर्ण मुखिया पूर्वाञ्चल विश्व विद्यालयबाट कम्प्युटर एप्लिकेशनमा समेत स्नातकोत्तरको उपाधी प्राप्त गरेका छन् ।

     

    प्रकाशित मिति :आश्विन १२, २०७७ सोमवार - १६:४४:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको