शुक्रवार, भाद्र २६ गते २०८३

वीरेन्द्रनगरमा २२ वर्षीय युवकको कोरोनाले मृत्यु

वीरेन्द्रनगरमा २२ वर्षीय युवकको कोरोनाले मृत्यु

रोदिक खबर

३०, आश्विन २०७७
  • 2.9K
    SHARES
  • वीरेन्द्रनगरमा २२ वर्षीय युवकको कोरोनाले मृत्यु

    काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका-२ निवासी २२ वर्षीय युवकको बिहीबार साँझ ५ बजे कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । मृत्युपछि ७ बजे उनको रिपोर्ट पोजेटिभ आएको हो ।

    आफन्तकोमा बसेर अध्ययन गरिरेका ती युवा यही असोज २८ गते शौचालयमै बेहोस भएका थिए । सुरुमा उनलाई आफन्तले झारफुक गर्न लिएका थिए । त्यसपछि मात्रै देउती अस्पताल लिएका थिए ।

    उनको अवस्था जटिल भएपछि २८ गते राति ११ बजे प्रदेश अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । श्वास्प्रश्वासमा समस्या भएकोले अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिए पनि बिहीबार साँझ मृत्यु भएको हो ।

    यससँगै कर्णालीमा कोरोना भाइरस संक्रमणले मृत्यु हुनेको संख्या १२ पुगेको महाशाखाले जनाएको छ ।

    प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - १४:२०:४१ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको