११ प्रस्तावित माविलाई स्वीकृत माविमा परिणत गर्ने निर्णय

११ प्रस्तावित माविलाई स्वीकृत माविमा परिणत गर्ने निर्णय

रोदिक खबर

३०, आश्विन २०७७
  • 6.7K
    SHARES
  • ११  प्रस्तावित माविलाई स्वीकृत माविमा परिणत गर्ने निर्णय

    खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले प्रस्तावित ११ माध्यमिक विद्यालयलाई स्वीकृत माध्यमिक विद्यालयमा परिणत गर्ने निर्णय गरेको छ ।

    स्थानीय सरकार सञ्चालन सम्बन्धी ऐन र गाउँपालिकाको शिक्षा ऐन अनुसार शुक्रबार बसेको कार्यपालिकाको बैठकले ११ वटा प्रस्तावित माविलाई स्वीकृत माविमा रुपान्तरण निर्णय गरेकोे गाउँपालिकाले जनाएको छ । 

    कार्यपालिकाको बैठकले शान्ति मावि छोरम्बु, सरस्वती मावि डाँडाखर्क सप्तेश्वर छितापोखरी, राम्चे निकेतन मावि इजारा बतासे, शान्ति निकेतन मिनाकर्ण मावि सापातेल छोरम्बु, शान्ति मावि टेम्मा, पञ्चकौशिका मावि भण्डारेघाट बतासे, महेन्द्रोदय मावि याम्खा, धिप्लुङ मावि सेम्मा छितापोखरी, जनसेवा मावि दिहुँ छितापोखरी, सरस्वती मावि कुलागाउँ सप्तेश्वर छितापोखरी र याङसोला मावि छोरम्बुलाई लाई स्वीकृत माविमा रुपान्तरण गरिएको गाउँपालिका गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए ।

    गाउँपालिकाभित्रका १४ वटा मावि मध्ये महेन्द्रोदय मावि ओख्रे डाँडागाउँ, कृष्ण मावि टेम्मा र जनता मावि भण्डारीडाँडा बतासे यसअघि नै स्वीकृत मावि हुन् । ११ वटा प्रस्तावित माविलाई स्वीकृत माविमा परिणत गरेसँगै माविको स्थायी दरबन्दी जाने र शिक्षामा सुधार हुने गाउँपालिका अध्यक्ष राईको भनाइछ ।

    प्रस्तावित माविहरुमा राहतको दरबन्दी खुला गरेर निजी स्रोतबाट जसोतसो धानेर अध्यापन भइरहेको छ, प्रस्तावित माविहरुमा स्थायी दरबन्दी थिएनन्, गाउँपालिका अध्यक्ष राईले भने, अब भने स्वीकृत ११ माविहरुमा स्थायी दरबन्दी पठाउनेछौ ।

    यस्तै, कार्यपालिकाको बैठकले उप–स्वास्थ्य चौकी सप्तेश्वर छितापोखरीलाई स्वास्थ्य चौकीमा स्तरोन्नती गर्ने निर्णय पनि गरेको छ ।

    नेपालको संविधानले १५ शैया अस्पताल निर्माणको जिम्मा स्थानीय सरकारलाई दिएकाले त्यही अधिकार प्रयोग गर्दै उप–स्वास्थ्य चौकीलाई स्वास्थ्य चौकीमा स्तरोन्नती गरिएको गाउँपालिका अध्यक्ष राईले बताए ।

    प्रकाशित मिति :आश्विन ३०, २०७७ शुक्रवार - २१:१०:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको