‘याद’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

‘याद’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

रोदिक खबर

१८, कार्तिक २०७७
  • 3.5K
    SHARES
  • ‘याद’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक
    काठमाडौं । गायक कमल खत्रीको स्वरमा रहेको ‘याद’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।   सेण्टिमेण्टल  भर्सनको यस गीतमा शब्द युवा गीतकार सुदीप लम्सालको रहेको छ भने संगीत स्वयम् गायक कमल खत्रीको रहेको छ।  यस गीतलाई रिकेश गुरुङ किजले संगीत संयोजन गरेका हुन्।  

    म्युजिक भिडियोमा गीतकार सुदीप लम्साल र समिक्षा पोखरेलको मर्मस्पर्शी अभिनय  देख्न सकिन्छ। पवन सुस्लिङले छायांकन र सम्पादन गरेको यस भिडियोलाई गीतकार लम्सालले नै निर्देशन गरेका हुन्।  रचना लम्साल र पारस पोखरेलको लगानीमा भिडियो निर्माण गरिएको हो।  आस्था मिडियाको  युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो।  

    यसघि आफ्नो पहिलो डेब्यु गीत ‘पहिलो माया’ मार्फत चर्चा कमाएका गीतकार लम्सालले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन हुन् सम्पूर्ण दर्शक, स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।

     

    प्रकाशित मिति :कार्तिक १८, २०७७ मंगलवार - ०८:०५:५७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको