खोटाङका दुई विद्यालयका वालवालिकालाई कापी वितरण

खोटाङका दुई विद्यालयका वालवालिकालाई कापी वितरण

रोदिक खबर

२३, कार्तिक २०७७
  • 3.3K
    SHARES
  • खोटाङका दुई विद्यालयका वालवालिकालाई कापी वितरण

    खोटाङ । हलेसी पाँचकन्या कापी उद्योग काठमाण्डौले खोटाङका दुई विद्यालयका विद्यार्थीहरुलाई निःशुल्क कापी वितरण गरेको छ । उद्योगले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको शारदा आधारभूत विद्यालय र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको नवज्योती प्राथमिक विद्यालयमा अध्ययनरत साना–साना विद्यार्थीहरुलाई दुई सय थान कापी निःशुल्क वितरण गरेको हो ।

    लफ्याङका समाजसेवी कर्णराज कटुवालले काठमाण्डौबाट पठाएको एक सय थान कापी नवज्योती प्राथमिक विद्यालय नुनथलाका ३३ जना विद्यार्थीलाई वितरण गरिएको छ ।

    त्यहाँ नेपाल पत्रकार महासंघ शाखा खोटाङका सह–सचिव चिसाङ शेर्पाले वितरण गरेका हुन् । शिशु कक्षादेखि तीन कक्षासम्म अध्ययनरत स–साना वालवालिकालाई कापी वितरण गरिएको छ ।

    यस्तै, शारदा आधारभूत विद्यालय लफ्याङमा भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष युवराज कटुवालले प्रधानाध्यापकलाई कापी हस्तान्तरण गरेका छन् । विद्यालय बन्द रहेकाले केही विद्यार्थीलाई कापी वितरण गरिएको र वाँकी कापी प्रअमार्फत विद्यार्थीलाई बाँड्न दिइएको कटुवालले बताए ।

    लामो समय विद्यालय बन्दले विधार्थीको जनजीवन अस्तव्यस्त भएको बेलामा सानो सहयोग गरिएको समाजसेवी कटुवालले बताए ।

    यतिबेला कोरोनाले विद्यालय बन्द छन्, विद्यार्थीले स्कुल जाने वातावरण छैन । कटुवालले भने, ‘हेर्दा सहयोग सानो छ तर, कापी पाएका वालवालिकाले स्कुलको याद गर्नेछन्, होमवर्क गर्नेछन् यो ठूलो उपलब्धि हो ।

    प्रकाशित मिति :कार्तिक २३, २०७७ आइतवार - १८:३३:२८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको