सरस्वती माविका छात्र/छात्राले सुरु गरे भित्ते पत्रिका 

सरस्वती माविका छात्र/छात्राले सुरु गरे भित्ते पत्रिका 

रोदिक खबर

४, चैत्र २०७७
  • 14.7K
    SHARES
  • सरस्वती माविका छात्र/छात्राले सुरु गरे भित्ते पत्रिका 

    खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेस्थित सरस्वती माविका छात्र÷छात्राले भित्ते पत्रिका प्रकाशन सुरु गरेका छन् । विद्यालयका छात्र÷छात्रालाई सुसूचित गराउँदै सिर्जनशिल बनाउने लक्ष्यका साथ सयपत्री (रिड नेपाल) क्लव, सगरमाथा टिन्स क्लव र स्मृति बाल क्लवको संयुक्त पहलमा ‘सूर्योद्धय’ नामक भित्ते पत्रिका प्रकाशन सुरु गरिएको हो । छात्र÷छात्राले ड्रईङ पेपरमा हातैले लेखेर बुधबारेखि समाचार र साहित्यमुलक मासिक भित्ते पत्रिका प्रकाशनमा ल्याएका हुन् ।

    विद्यालयमा अध्ययनरत विद्यार्थीले सिर्जना गरेका कविता, गजल, चुटकिला, मुक्तक, सामान्य ज्ञान, समाचार लगायत प्रकाशन गर्नेगरी हस्त लिखित भित्ते पत्रिका प्रकाशनमा ल्याइएको हो । पूर्व पत्रकार रहेका शिक्षक नविन चाम्लिङको सहजीकरणमा छात्र÷छात्राले भित्ते पत्रिका प्रकाशन सुरु गरेका हुन् ।

    रुपाकोट रेडियोको सम्वाददाताका रुपमा कार्यरत रहेको बेला शिक्षक चाम्लिङले भित्ते पत्रिका प्रकाशन सम्वन्धी सिकेको सीप विद्यार्थीलाई हस्तान्तरण गरेको बताए । 

    भित्ते पत्रिकाको प्रधान सम्पादकमा पवित्रा रम्तेल तथा सम्पादकमा युवराज राई र भूमीका पुरी छन् । यस्तै, प्रअ डिकबिर राई संरक्षक तथा शिक्षक चाम्लिङ, चिरञ्जीवी खत्री र सन्देश राई सल्लाहकार छन् । ‘त्यो बेला भित्ते पत्रिका प्रकाशन गर्न सिकेको सीप मेरो पेशागत जीवनमा समेत उपयोगी बनेको छ ।

    ताकी जुन सीप कलिला भाईबहिनीलाई हस्तान्तरण गर्ने अवसर मिलेको छ,’ शिक्षक चाम्लिङले भने, ‘आशा छ, यो भित्ते पत्रिकाले यस बिद्यालयमा अध्ययनरत तमाम बालबालिकाको प्रतिभा उजागर गर्नमा टेवा दिनेछ ।’ 

    प्रकाशित मिति :चैत्र ४, २०७७ बुधवार - २२:१०:३७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको