खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाले मौरी पालन सम्बन्धि तालिमको आयोजना गरेको छ । गाउँपालिकाका सातै वडाका मौरी पालकहरुको लागि गाउँपालिकामा दुईदिने तालिमको आयोजना गरेको हो।
मौरीपालन सम्बन्धि व्यवहारिक ज्ञान सिकाई, आधुनिक घारको प्रयोगमा वृद्धि, मह उत्पादन बढाउन तथा आगामी आर्थिक वर्षमा मौरीपालन सम्बन्धि अनुदानको कार्यक्रम विस्तार गरी मौरी पालक कृषकहरुलाई थप व्यवसायिक बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको तालिमको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले उद्घाटन गरेका छन् ।
तालिममा ४२ जना मौरी पालन गर्दै आएका कृषकहरुले सहभागिता रहेको तालिममा मौरी विकास केन्द्र गोदावरीवाट अवकासप्राप्त विज्ञ सिताराम ढकालले तालिमको सहजिकरण गरिरहेको गाउँपालिकाका कृषि शाखा संयोजक सरगम वुढाथोकीले बताईन्।
तालिममा मौरीको परिचय, मौरी पालनका लागि हावा पानी उपर्युक्त छ छैन, मौरी चिन्ने तरिका, मह काढ्ने तरिका, रानो बनाउने तरिका, आधार चाका वनाउने, मौरीको गोला निर्धारण गर्ने लगायतका विषयमा तालिम दिइने गाउँपालिकाले जनाएको छ ।
कृषि शाखा संयोजक वुढाथोकीको अध्यक्षतामा भएको तालिममा गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष सपना राई, प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद दाहाल, वडाध्यक्षहरू इन्द्र बहादुर बस्नेत, लोकेन्द्र राई, पूर्ण बहादुर खड्का, वडा सदस्य अमृत गिरी लगायतको उपस्थिति थियो।