जलेश्वरीमा सिम्ले खोलाबाट विद्युत उत्पादन 

जलेश्वरीमा सिम्ले खोलाबाट विद्युत उत्पादन 

रोदिक खबर

११, भाद्र २०७७
  • 4.8K
    SHARES
  • जलेश्वरीमा सिम्ले खोलाबाट विद्युत उत्पादन 

    खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरीमा स्थानीय खोलाबाट विद्युत निकालिएको छ । स्थानीय सिम्ले खोलाबाट ५ किलोवाट क्षमताको विद्युत निकालिएको हो ।

    जलेश्वरीको देम्लीटार, बाबियोखर्क र हंखाईका ६५ घरमा बिस्तार गरिएको लघुजलविद्युत आयोजना बिहिबार गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले उद्घाटन गरेका छन् । गाउँपालिकाको सहयोग र समन्वयमा जलेश्वरीका स्थानीयले गाउँकै खोलाबाट विद्युत निकालेका हुन् । 

    लघुजलविद्युत योजनाका लागि गाउँपालिकाले ५ लाखको टर्बाइन, पाँच लाख बराबरकै विद्युतीय सामग्री र ११० एमएमको १२० मिटर कुलोपाईप उपलव्ध गराएको उपभोक्ता समितिका अध्यक्ष कमलबहादुर गिरीले बताए ।

    यस्तै, योजनाका लागि गाउँपालिकाको समन्वयमा लोअर मिड रावाखोला हाइड्रोपावर कम्पनीले २४ लाख बराबरको तार उपलव्ध गराएको समितिले जनाएको छ ।

    पुस्तौंदेखि अध्याँरोमा बस्दैआएका जलेश्वरी बाबियोखर्कका २५ घर, हंखाईका १६ घर र देम्लीटारका  २४ घरमा बत्ती बलेको छ । विद्युत बलेपछि स्थानीय उत्साहित भएका छन् ।

    ‘वरपरका गाउँमा पहिल्यैदेखि बत्ती बलेको थियो, यो ठाउँ पुस्तौंदेखि अध्याँरो थियो,’ अध्यक्ष गिरीले भने, ‘पहिलोपल्ट घरमा बत्ती बल्दा गाउँलेहरु खुसी भएका छन् ।

    प्रकाशित मिति :भाद्र ११, २०७७ बिहिवार - २१:५९:०२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको