लघुकथा 

मलामी

मलामी

रोदिक खबर

१२, भाद्र २०७७
  • 3.4K
    SHARES
  • मलामी
    समाजसेवी भनेर चिनिएका राम बहादुर शाही कोरोनाको प्रकोपपछि भने निस्कृय जस्ता नै देखिए। मलाई जिज्ञासा भो सोधे - तपाईं जस्तो सुकै प्रतिकुल अबस्थामा पनि सधै अरुलाई सहयोग गर्न अधि सर्ने मान्छे ! " मेरो प्रश्न पूरा नहुदै बिचैमा उनले जवाफ फर्काए - समाजसेवा गर्न अब त जागर नै लाग्न छाड्यो " अहिलेको अबस्थामा त तपाईं जस्तो ब्यक्तिको झन ठुलो खाचो छ नि ! किन मन मर्यो यहाँको ? मलाई जिज्ञासा पलायो ! चर्चित भईयो भने मरेपछि पनि धेरै मलामी पाईन्छ भनेर समाजसेवामा लागियो ! अहिले कोरोनाले गर्दा मान्छे मरेपछि आफन्तले मुख त हेर्न नपाउने अबस्था आयो, मलामीको त के कुरा गर्नु ! त्यसै भएर समाजसेवामा पनि मन मरेर गयो !
     

    प्रकाशित मिति :भाद्र १२, २०७७ शुक्रवार - १२:२३:४८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको