गाउँमै कृषि कर्ममा रमाउँदै सूर्यराज

गाउँमै कृषि कर्ममा रमाउँदै सूर्यराज

रोदिक खबर

१४, भाद्र २०७७
  • 6.9K
    SHARES
  • गाउँमै कृषि कर्ममा रमाउँदै सूर्यराज

    खोटाङ  पैसा कमाउनका लागि सहोदर दौतरीहरु विदेश पुगे तर खोटाङको केपीलासगढी गाउँपालिका बासपानीका सूर्यराज राई भने गाउँमै कृषि कर्ममा रमिरहेका छन् गाउँमै केही गर्न सकिन्छभन्ने मान्यता बोकेका २३ वर्षीय राईले व्यवसायिक रुपमा विभिन्न प्रजातिका तरकारी खेती तथा महुरी पालन गरिरहेका छन् गोलबेँडा, बन्दाकोभी, फूलकोभी, ब्रोकाउली, ग्याटकोभी, प्याज, अदुवा, बेसार लगायतका तरकारी खेतीबाट उनले घरैमा बसिबसि लोभलाग्दो आम्दानी गरिरहेका छन्

    आफ्नै गाउँमा स्वरोजगार बन्ने उपायको खोजीकाक्रममा सुर्यराजले २०७५ सालदेखि व्यवसायिक रुपमा कृषि खेती सुरुवात गरेका हुन् उनले पाँच वटा टनेलभित्र बेमौसमी गोलबेँडा खेती लगाउने गरेका छन् महिनामा प्रतिटनेल पाँच सय केजी गोलबेँडा उत्पादन हुने गरेको राईले बताए

    दुई टनेल गोलबेँडा गाउँघरमा हुने विहे पास्नी वा अन्य सामाजिक कामलाई ध्यानमा राखेर जगेडा राख्ने गरेका छन् गाउँघरमा अन्यले लगाएको गोलबेँडा सकिएको अवस्थामा मात्र उनले आफ्नो गोलबेँडा बजारमा पु¥याउने गरेको बताए

    सबै गोलबेँडा बजारमा पु¥याउनु पर्छ भन्ने छैन केही गोलबेँडा गाउँघरमा हुने विहे वा सामाजिक काममा खपत हुन्छ,’ राईले भने, ‘गाउँघरमा अरुको गोलबेँडा सकिएको अवस्थामा आफ्नो टनेलभित्रको गोलबेँडा बजारमा पु¥याउने गर्छु यसो गर्दा गोलबेँडाले राम्रो भाउ पाउँछ उनले प्याजको बेर्ना बिक्रीबाट पनि उत्तिकै राम्रो आम्दानी गर्ने गरेका छन् उनको बगानबाट प्रतिमुठा ५० का दरले प्याजको बेर्ना बिक्री हुने गरेको

    प्रकाशित मिति :भाद्र १४, २०७७ आइतवार - ०९:३२:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको