गजल

गजल

रोदिक खबर

११, भाद्र २०७८
  • 10.7K
    SHARES
  • गजल

    चित्रकुमार सुवेदी

     

    गोडा, हात,मन दुख्छ कोरोनाले हो कि 
    मुख,मुटु च्याप्पै सुक्छ कोरोनाले हो कि

    मित्र आनी सत्रु आनी चोर साधु जो आएनी
    एकै खाले सधै भुक्छ कोरोनाले हो कि

    दाह्रा किट्दै आफु भेटे हड्डी समेत नछोड्नेले
    जे खाएनी प्याच्च थुक्छ कोरोनाले हो कि

    कस्तो आयो जुग जमाना कसो गरी बाचौं
    मान्छे देख्दा मान्छे लुक्छ कोरोनाले हो कि ।

    प्रकाशित मिति :भाद्र ११, २०७८ शुक्रवार - २१:३०:१८ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको