अवस्था र बाध्यताले बिदेशीएको छु।
कयौं हिमालय पर्वत र सागर माथी उडेर अएको छु।
सात समुन्द्रले घेरिएको टापुमा अडिएको छु।
सबै अपुरा इच्छाहरु जलाएको छु।
मालिक बन्ने सपना नोकर भएको छु।
स्वाभिमानमा बाच्ने म लगामको घोडा भएको छु।
दिन बित्ते महिनासगै बर्ष बित्तेका छन्।
उमेरको उकालीसगै बैसहरु फुलेका छन्।
मरुभूमिको तापसगै जवानीहरु डडेका छन्।
सपनासगै बिपनापनि डुबेका छन्।
हरियो पासपोर्टसगै जीवन साटिएको छ।
रेमिटेन्ससगै सम्बन्ध गासीएको छ।
रङ्गिन संसारमा आफ्नै रङ्ग हराएको छ।
जीवन सधै प्रदेशी भएरनै बाचेको छ।
बिरवल खड्का हाल : दोहा कतार