गजल

गजल

रोदिक खबर

२४, भाद्र २०७७
  • 5.0K
    SHARES
  • गजल

    रित भनौकी चलन कोरोनाको नाममा नेताले जनतालाई झुक्याएर गएपछि,
    माफियाले अनेक तन्त्रसँगै  सञ्जालमा ब्रहमलुट मचाएर गएपछि ।

    जनताका सुबिधा पाउने सपना सबै अपूरा रहे,
    अस्पताल भेन्टिलेटर नहुँदा हजारौले अकालमा ज्यान गुमाएर गएपछि ।

    माथिदेखि तलसम्मै भ्रष्टचारले सिमा नागो,
    कानुन फितलो हुँदा बिल भर्पाई मिलाउनेले समाजलाई छकाएर गएपछि ।
     
    औषधी र उपकरणका नाममा ब्यपारीको व्यापार बढो,
    गरिब नमुखालाई उपचारका नाममा चर्को मूल्य तिराएर गएपछि ।

     भन्दा भन्दै थकेका हाम्रा आवाज,
    अन्याय र दमनसगै सेलाएर गएपछि ।
           वीरबल खड्का,  धनकुटा हाल : कतार ।

    प्रकाशित मिति :भाद्र २४, २०७७ बुधवार - १४:५०:१५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको