शुक्रवार, भाद्र २६ गते २०८३

नगर भित्र हामी

नगर भित्र हामी

रोदिक खबर

१०, माघ २०८०
  • 7.4K
    SHARES
  • नगर भित्र हामी
     तीर्थराज भट्टराई (भासित)

    अन्धकार हटाउनलाई बढौं कसैले

    धामी झॅाक्री बैदांगेलाई गढौं कसैले

    जरीबुटी पाखाभरी पाथेका र खार्मी

    स्वस्थ जीवन जिउनलाई बढौं कसैले

    दिक्तेल राम्रो मझुवागढी साप्सुधाप हो

    लफ्यांग हेर्छ रूपाकोट चढौं कसैले

    कालिका र सीतादेवी शक्ति लिएर

    विकास गर्न भुलभुलेको लडौं कसैले

    भिलेज गाउॅ जाल्पा हो नि बुइपाबजार

    सोल्मा दोर्पा नेर्पा बाम्रांग पढौं कसैले

    खाल्ले हेर्छ नुनथलाले निर्मलीको चासो

    बुवालुंग ओहो ! विजयखर्क जडौं कसैले ॥

    प्रकाशित मिति :माघ १०, २०८० बुधवार - ०७:२१:२५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको