शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने आधा दर्जन बढि सम्मानित

शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने आधा दर्जन बढि सम्मानित

रोदिक खबर

१, कार्तिक २०७७
  • 7.4K
    SHARES
  • शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने  आधा दर्जन बढि सम्मानित

    खोटाङ । शिक्षा क्षेत्रमा योगदान पु¥याउने  आधा दर्जन बढि सम्मानित भएका छन् । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले पालिकाभित्रका उत्कृष्ट विव्यास अध्यक्ष, उत्कृष्ट प्रधानाध्यापक, उत्कृष्ट  शिक्षक/शिक्षिका र गाउँपालिका स्तरीय कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट अंक ल्याई उतिर्ण विद्यार्थी सम्मानित भएका हुन् । 

    गाउँपालिकाले शनिवार बडादशै तथा शुभदिपावलीको शुभकामना आदानप्रदान तथा शैक्षिक पुरस्कार वितरण कार्यक्रम गरेर उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्ष, उत्कृष्ट प्रधानाध्यापक, शिक्षक र विद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको गाउँपालिका अध्यक्ष भुपेन्द्र राई राईले बताए ।

    गाउँपालिकाले उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्षमा धिप्लुङ मावि सेम्मा छितापोखरीका विनोद राई, माध्यमिक विद्यालय तह उत्कृष्ट प्रधानाध्यापकमा महेन्द्रोदय मावि ओख्रेका प्रधानाध्यापक केशव कुमार खड्का, आधारभूत तह उत्कृष्ट प्रधानाध्यापकमा महेन्द्रतारा आधारभूत विद्यालय मुलावारी बतासेका प्रधानाध्यापक लेखनाथ घिमिरे, उत्कृष्ट शिक्षकमा महेन्द्रोदय मावि याम्खाका शिक्षक रमेश खड्का र उत्कृष्ट शिक्षिकामा जनसेवा मावि दिहूँ छितापोखरीकी शिक्षिका लक्ष्मी बस्नेतलाई सम्मान गरेको गाउँपालिकाले जनाएको छ ।

    सम्मानित भएवापत उत्कृष्ट विद्यालय व्यवस्थापन समिति अध्यक्ष र मावि तहका उत्कृष्ट प्रअ खड्कालाई नगद ३०÷३० हजार, आधारभूत तहका उत्कृष्ट प्रअ घिमिरेलाई २७ हजार तथा शिक्षक खड्का र शिक्षिका बस्नेतलाई २४÷२४ हजार नगदका साथमा सम्मान–पत्र प्रदान गरिएको छ । यस्तै, २०७६ सालमा गाउँपालिकाले लिएको पालिकास्तरीय कक्षा ८ को वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई पनि सम्मान गरिएको छ ।

    वार्षिक परीक्षामा प्रथम हुने पञ्चकौशिका मावि भण्डारेघाटका छात्र विवस भुजेल, दोश्रो हुने शान्ति निकेतन मिनाकर्ण मावि सापातेल छोरम्बुकी विर्सना भुजेल, तेश्रो हुने महेन्द्रोदय मावि याम्खाकी प्रज्ञा घिमिरे र सान्त्वना हुने सरस्वती मावि कुलागाउँका महेन्द्र परियार सम्मानित भएका हुन् । उनीहरुलाई क्रमशः १६ हजार, १३ हजार ५ सय, ११ हजार र ७ हजार नगद पुरस्कार र सम्मान–पत्र प्रदान गरिएको छ । 

    गाउँपालिकाद्वारा स्थापित सग्रीधन राई अक्षय कोषद्वारा प्रतिभावान् तथा जेहेन्दार विद्यार्थीलाइ प्रत्येक वर्ष प्रदान गर्दै आएको छात्रवृत्ति शान्ति मावि टेम्माबाट २०७६ सालमा गाउँपालिका स्तरीय परीक्षामा सर्वोत्कृष्ट नतिजा हासिल गर्ने स्प्रिया राईलाई प्रदान गरिएको छ । उनलाई नगद ५ हजार ५ सय रुपैयाँ प्रदान गरिएको हो ।

    यस्तै, ‘कोरोना भाइरस (कोभिड–१९) ले शिक्षामा पारेको असर र नियन्त्रणमा स्थानीय तहको भूमिका’ विषयक गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय भर्चुअल वक्तृत्वकलामा प्रथम हुने सरस्वती मावि कुलागाउँकी छात्रा सजिना थापा, दोश्रो हुने पञ्चकौशिका मावि भण्डारेघाटका सुजन राई, तेश्रो हुने कृष्ण मावि टेम्माकी सिमाना राई र सान्त्वना हुने महेन्द्रोदय मावि याम्खाकी बालकुमारी अधिकारीलाई पुरस्कार प्रदान गरिएको छ ।

    वक्तृत्वकलामा प्रथम, दोश्रो, तेश्रो र सान्त्वना हुनेले क्रमशः ३ हजार ५ सय, ३ हजार, २ हजार ५ सय र २ हजार नगद र प्रमाण– पत्र पाएका छन् ।

    सम्मानित तथा पुरस्कृत हुनेहरुलाई गाउँपालिका अध्यक्ष भुपेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत भीम प्रसाद दाहाल, याम्खाका वडाध्यक्ष शम्शेरबहादुर कार्की, छोरम्बुका वडाध्यक्ष इन्द्रबहादुर बस्नेत, बतासेका वडाध्यक्ष लोकेन्द्र राई, सप्तेश्वर छितापोखरीका वडाध्यक्ष पूर्ण बहादुर खड्का लगायतले सम्मान तथा पुरस्कार वितरण गरेका थिए ।

    प्रकाशित मिति :कार्तिक १, २०७७ शनिवार - २३:२३:१४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको