खोटाङ । खोटाङको राजापानीमा विद्युत विस्तार गरिएको छ । हलेसी तुवाचुङ नगरपालिका –११ राजापानीको भाँडबेशी र मंसरेमा केन्द्रीय विद्युत प्रशारण लाईन विस्तार गरिएको हो ।
उज्यालो नगरअभियान अन्तर्गन हलेसी तुवाचुङ नगरपालिकाद्धारा विनियोजित बजेट र प्राधिकरणको प्राबवधिक सहयोगमा बिस्तार गरिएको केन्द्रीय विद्युत प्रशारण लाइनको हलेसी तुवाचुङ नगरपालिका नगर प्रमुख इवन राईले शुक्रबार उद्धघाटन गरेका हुन् ।
११ वटा वडा रहेको हलेसी तुवाचुङ नगरपालिकालाई उज्यालो नगरपालिका बनाउने लक्ष्यकासाथ विद्युत पुग्न बाँकी वडा नं. १ बाहुनीडाँडा र वडा नं. २ डिकुवामा तीव्र गतीमा विधुतीकरणको काम भईरहेको नगरपालिकाले जनाएको छ ।
उज्यालो नगरपालिका बनाउने अभियान अन्तर्गत धिपधिपे बत्तीलाई इतिहासमा सिमित गर्दै केन्द्रीय प्रसारण लाइनको विजुली विस्तार गरिएको नगर प्रमुख राईले बताए । विद्युत सञ्चालनमा आएसंगै भाँडबेशी र मंसिरेका ४८ घरधुरी विद्युत सेवाबाट लाभाविन्त भएका छन् । गाँउमा केन्द्रीय विद्युतको पहुँच पुगेपछि स्थानियले खुशीयाली मनाएका छन ।