‘गाउँपालिका प्रहरी’ भर्ना गर्दै दिप्रुङ चुइचुम्मा गाउँपालिका

‘गाउँपालिका प्रहरी’ भर्ना गर्दै दिप्रुङ चुइचुम्मा गाउँपालिका

रोदिक खबर

१३, कार्तिक २०७७
  • 13.0K
    SHARES
  • ‘गाउँपालिका प्रहरी’ भर्ना गर्दै दिप्रुङ चुइचुम्मा गाउँपालिका

    खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले गाउँपालिका प्रहरी भर्ना गर्ने भएको छ । गाउँपालिकाको शान्ति–सुरक्षा र दैनिक कार्य सम्पादनका क्रममा सहयोगीका रुपमा उपयोग गर्ने गरी गाउँपालिकाले आफ्नै प्रहरीको भर्ना तयारी गरेको हो ।

    ७ वटा वडा रहेको गाउँपालिकाले गाउँपालिका प्रहरी ऐन पास गरेर १ जना गाउँपालिका प्रहरी हवल्दार, ४ जना गाउँपालिका प्रहरी जवान भर्नाको तयारी गरिएको गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले बताए । गाउँपालिकाले प्रहरी भर्नाका लागि बिहीवार विज्ञापन समेत आव्हान गरि सकिएको अध्यक्ष राईले बताए ।

    गाउँपालिका प्रहरी हवल्दारका लागि एसईई वा सो सरह उत्तीर्ण गरेको तथा जवानका लागि कक्षा ८ वा सो सरह उत्तीर्ण गरेको हुनुपर्ने जनाइएको छ । 

    यता, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी तिहारपछि नगर प्रहरी भर्नाका लागि विज्ञापन आह्वान लगायतका प्रक्रिया सुरु गर्ने योजना रहेको नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिए ।

    दुई नगरपालिका र आठ गाउँपालिकामध्ये ऐसेलुखर्क गाउँपालिकाले यसअघि ३ जना आफ्नै गाउँपालिका प्रहरी भर्ना गरिसकेको छ ।

    प्रकाशित मिति :कार्तिक १३, २०७७ बिहिवार - १७:०४:४४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको