च्याउको अचार बनाउने तरिका

च्याउको अचार बनाउने तरिका

रोदिक खबर

५, भाद्र २०७७
  • 11.2K
    SHARES
  • च्याउको अचार बनाउने तरिका

    बिकसित देशहरुले च्याउको उत्पादन उपयोग र त्यसकोबारे जनसमक्ष्य ल्याइ उत्पादन र उपयोग गरेका छन्। अन्तरराष्ट्रिय जगतमा च्याउ खेती किसानको एउटा सशक्त खेतीको रुपमा रहेको पाईन्छ।

    सानो लगानीमा धेरै फाईदा पाउने च्याउ खेती नेपालमा पनी फस्टाउदै गरेको छ। च्याउ खेतीलाई व्यवसायिक रुपमा अगाडी बढाउन मान थप (value addition) गदा झन धेरै आम्दानी लिन सकिन्छ।

    जस्तै: च्याउको विभिन्न परिकार तयार गरि बिक्रि वितरण गर्न सकिन्छ।च्याउ संरक्षण प्रविधि अन्तगत च्याउको अचार बनाउने प्रविधि बढी फाईदाजनक भएको पाईन्छ।

    masroom.jpgअचार बनाउनको लागि निम्न सामग्रीहरुको आवश्यकता पर्दछ।

    १. जाम बोतल         २. प्लास्टिक मग        ३. स्टील चम्चा          ४. स्टील डेक्ची

    ५. खाने नुन          ६. स्टोल प्यान           ७.चक्कु ८. चुल्हा (ग्यास)

    ९. विभिन गरम मसलाहरु   १०. तील वा भटमासको तेल

    च्याउको अचार बनाउनको लागि निम्न प्रकारका मसलाहरु तथा अन्य सामग्रीहरुको आवश्यकता पर्दछ।

    च्याउ (ताजा)                          २५० ग्राम

    खुसानीको धूलो                        एक चिया चम्चा

    जीराको धूलो                           एक चिया चम्चा

    बेसार                                     आधा चिया चम्चा

    लसुन                                     २५ ग्राम

    अदुवा                                    २५ ग्राम

    नुन                                        ३५ ग्राम

    ग्लासियल एसिटिक एसिड         ५ मि.लि.

    तिलको वा भटमासको तेल       २०० मि.लि

     सफा र ताजा च्याउलाई आफनो ईच्छा अनुसारको साईजमा काटेने र २०० मि.लि. तिल वा भटमासको तेलमा भुटने।चार भागमा तीन भाग पानी उडिसके पछि वाँकी तेलमा सबै गरम मसलाहरुलाई राम्ररी चलाएर मिसाउने। त्यसपछि च्याउलाई उक्त तेलमा पकाएको मसलासंग मिलाएर अलि चिसो भएपछि त्यसमा ५ मि.लि. एसिटिक एसिड वा भिनेगार राखेर राम्ररी चम्चाले मिलाउने।

    यसरी तयार भएको अचारलाई सफा जाम बोटलमा प्याक गनुपछ र सिल नखोलेको खण्डमा एक वर्ष वा बढी समय सम्म संरक्षण गर्न सकिन्छ। (लेखक :  पण्डित  कृषि ज्ञान केन्द्र, खोटाङका कृषि प्रसार अधिकृत हुन् ।)

     

     

     

     

    प्रकाशित मिति :भाद्र ५, २०७७ शुक्रवार - २१:३८:१७ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको