सार्वजनिक जग्गा हिनामिना प्रकरण

विशेष अदालतले गुरुङसँग २ करोड धरौटी माग

विशेष अदालतले गुरुङसँग २ करोड धरौटी माग

रोदिक खबर

२१, माघ २०७७
  • 5.2K
    SHARES
  • विशेष अदालतले गुरुङसँग २ करोड धरौटी माग

    काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग विशेष अदालतले २ करोड रूपैयाँ धरौटी माग गरेको छ।

    बुधवार बयानका लागि हाजिर भएका गुरुङसँग अदालतले २ करोड रुपैयाँ धरौटी माग्ने आदेश दिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेयले जानकारी दिए । गुरुङले धरौटी बराबरको रकम बैंक ग्यारेन्टी राखेर रिहा भएका छन्।

    न्यायाधीशहरु प्रेमराज कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा भएको थुनछेक बहसपछि गुरुङसँग धरौटी मागिएको हो। गुरुङ परिवारका नाममा २०७६ फागुन २३ गते १५ दिने म्याद जारी भएको थियो। अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रअनुसार बालुवाटारको सरकारी जग्गाको गैरकानूनी किनबेचमा व्यवसायी गुरुङसँगै उनको छोरा कल्याण गुरुङ, छोरी तथा भाइ र बुहारीसमेतको संलग्नता रहेको पाइएको थियो।

    विशेष अदालतमा बालुवाटार जग्गा प्रकरणमा १७५ जनालाई अख्तियारले अभियोग लगाएर मुद्दा चलाएको थियो।

    प्रकाशित मिति :माघ २१, २०७७ बुधवार - २०:२७:५२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको