शुक्रवार, भाद्र २६ गते २०८३

गजल

पालो नआउला

पालो नआउला

रोदिक खबर

३१, जेठ २०७८
  • 4.7K
    SHARES
  • पालो नआउला

    खिचातानी गर्दै गर पालो नआउला 
    भर्नु जति भर्दै गर पालो नआउला

    पोको पारी लैजाउ डाक आफन्तलाई 
    जो छन तिम्रो वरपर  पालो नआउला ।

    रित्तो हात छिरेका छौ राजधानीमा
    गाडी लेउ बनाउ घर पालो नआउला ।

    घर फर्कदा रित्तै किन आइस भन्लान् 
    हप्तामा छलकर पालो नआउला ।

     

    आफ्ना तान रिसका हाल जेलभित्र 
    यसपाली झै निरन्तर पालो नआउला ।

    तिम्रो जेपको जाने हैन राज्यको ढुकुटी 
    आजै गर बिदेश सफर पालो नआउला  ।

    प्रकाशित मिति :जेठ ३१, २०७८ सोमवार - १०:३४:३५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको