शुक्रवार, भाद्र २६ गते २०८३

कविता संग्रह ‘गमला’ बिमोचन

कविता संग्रह ‘गमला’ बिमोचन

रोदिक खबर

१३, भाद्र २०७८
  • 3.6K
    SHARES
  • कविता संग्रह ‘गमला’ बिमोचन

    खोटाङका कवि चक्रबहादुर राईको कविता संग्रह ‘गमला’ बिमोचन गरिएको छ । हलेसी तुवाचुङनगरपालिका–५ दुर्छिम निवासी कवि राईको कविता संग्रह शनिबार सोही नगरपालिकाका नगरप्रमुख इवन राईले विमोचन गरेका हुन् ।

    २०६० सालमा कविता संग्रह ‘प्रतिमाको इतिहास’ लेखेका राईले माइली छोरी गमलाको वियोगमा छोरीकै नाममा कविता संग्रह तयार पारेका हुन् । नगरपालिकाको आर्थिक सहयोग र अदृश्य कला केन्द्रको समन्नयमा प्रकाशन गरिएको गमलामा ३३ वटा कविता समेटिएका छन् ।

    गमलामा वियोगान्त सहित विभिन्न रसका कविता स्वादन गर्न सकिने कवि मनकुमार राई (अकेला यात्री) ले समिक्षा गरेका छन् । कवि राई राजनीतिकर्मी पनि हुन् ।

    कार्यक्रममा नगरप्रमुख राईले साहित्यिक श्रष्टा र सृजनाको विकासमा नगरपालिकाले सदैव कदर र सहयोग गर्ने बताए । विमोचन कार्यक्रम अदृश्य कला केन्द्रका अध्यक्ष कुबेर राईको अध्यक्षतामा सञ्चालन गरिएको थियो ।

    कार्यक्रममा कांग्रेसका जिल्ला कार्य समिति सदस्य चक्रकुमार राई, जनता समाजबादी पार्टीका नगरपालिका अध्यक्ष मविन्द्र राई लगायतको उपस्थिति थियो । 

    प्रकाशित मिति :भाद्र १३, २०७८ आइतवार - १८:४८:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको