पत्रकारद्वारा कल्याण कोषका लागि आर्थिक सहयोग

पत्रकारद्वारा कल्याण कोषका लागि आर्थिक सहयोग

रोदिक खबर

१७, भाद्र २०७७
  • 2.3K
    SHARES
  • पत्रकारद्वारा कल्याण कोषका लागि आर्थिक सहयोग

    भोजपुर । नेपाल पत्रकार महासङ्घ भोजपुर शाखामा पत्रकार कल्याण कोष स्थापना गरिएको छ । क्रियाशील पत्रकारको हितका लागि कल्याण कोषको स्थापना गरिएको हो ।

    भोजपुरका पत्रकार मोहन तामाङले आफ्नो जन्मदिनको अवसरमा नेपाल पत्रकार महासङ्घ भोजपुरद्वारा सञ्चालित उक्त कल्याण कोषमा सहयोग गरेका हुन् ।

    जन्मदिनमा गरिने विभिन्न पार्टी, भोजमा फजुल खर्च गर्नुभन्दा पत्रकारकै हितमा कोषका लागि पाँच हजार रुपैयाँ सहयोग गरेको तामाङले बताए ।

    यता नेपाल पत्रकार महासङ्घ भोजपुरका कार्यवाहक अध्यक्ष एक्सन राईले पनि सोही कोषमा १० हजार रुपैयाँ रकम जम्मा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    प्रकाशित मिति :भाद्र १७, २०७७ बुधवार - ०९:१०:१४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको