उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर ११ र १२ मा

उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर ११ र १२ मा

रोदिक खबर

३, आश्विन २०७७
  • 3.9K
    SHARES
  • उद्योग वाणिज्य महासंघको निर्वाचन मंसिर ११ र १२ मा

    नेपाल उद्योग वाणिज्य महासंघले मंसिर दोस्रो साता मात्रै साधरणसभा गर्ने निर्णय लिएको छ । शुक्रबार बसेको महासंघ पदाधिकारीको बैंठकले आगामी ११ र १२ मंसिरलाई साधरणसभाको मिति तय गरेको हो । 

    गत २८ र २९ चैतमा हुनुपर्ने महाधिवेसन कोभिड-१९ को कारण सर्दै आएको थियो । महासंघ उपाध्यक्ष चन्द्र ढकालका अनुसार पदाधिकारीको निर्णय अनुमोदन गर्न असोज दोस्रो साता कार्यसमितिको बैठक बस्ने छ ।

    नयाँ नेतृत्व छनोट गर्ने साधारणभा अनलाइनबाट गर्ने र चुनाव प्रत्यक्ष वा अनलाइन भोटिङका माध्ययमाबाट गर्ने निर्णय पदाधिकारी बैठकले गरेको छ ।

    प्रकाशित मिति :आश्विन ३, २०७७ शनिवार - ०८:२७:२३ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको