बिहानको झुल्के घामको किरणले शीत मर्दैन यहाँ।
संगर्षले बनाएको रीत मर्दैन यहाँ।
सद्भावले जोडिएको साईनोमा,
सम्बन्धको हितेरी मीत मर्दैन यहाँ।
मायासगै आत्मियताले गासीएका मनमा,
राष्ट्रियताको अवाज सुन्ने गीत मर्दैन यहाँ।
इतिहासका किताब भित्रका सजिएका पानामा,
हामीले गर्ब गर्ने पूर्खाले जितेको युद्धको जीत मर्दैन यहाँ।
वीरबल खड्का धनकुटा।