मोबाइल फोन स्क्रिनमा कति दिनसम्म रहन्छ कोरोना ?

मोबाइल फोन स्क्रिनमा कति दिनसम्म रहन्छ कोरोना ?

रोदिक खबर

९, कार्तिक २०७७
  • 3.6K
    SHARES
  • मोबाइल फोन स्क्रिनमा कति दिनसम्म रहन्छ कोरोना ?

    काठमाडौं । फोनको प्रयोग धेरै नै गर्नुहुन्छ भने सावधानी अपनाउनुहोस् । साथै प्रयोग गरेपछि स्यानिटाइनर गर्न नबिर्सिनुहोस् ।

    किनभने फोनको स्क्रिनमा कोरोना भाइरसको संक्रमण २८ दिनसम्म रहन्छ । यो दाबी अस्ट्रेलियाका वैज्ञानिकहरुले आफ्नो रिसर्चबाट पत्ता लगाएका हुन् । कोरोना मात्रै होइन, फ्लू भाइरस पनि मोबाइल स्क्रिनमा १७ दिनसम्म रहिराख्छ ।

    वैज्ञानिकहरुले फोन बाहेक पनि कुनै सतहलाई छुनुपूर्व स्यानिटाइज गर्न सल्लाह दिएका छन् । रिसर्च गर्ने अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीका वैज्ञानिकहरुले कोरोना अन्य भाइरसको तुलनामा धेरै स्ट्रंग भएको बताएका छन् ।

    यो कुनै पनि सतहमा लामो समयसम्म रहिराख्ने उनीहरुले बताएका छन् । कोरोना अध्यारोमा धेरै समयसम्म जीवित रहने बताइएको छ ।

    यति तापक्रम बढेमा कोरोना हराउँदै जाने बताइएको छ । अस्ट्रेलियाली वैज्ञानिकका अनुसार अध्यारोमा कोरोना भाइरस एक अध्यारो र २० डिग्री सेल्सियस तापक्रम भएको कोठामा कोरोना असर धेरै देखिएको थियो ।

    त्यहि समयमा मोबाइलको स्क्रिन र दोश्रो सतहमा २८ दिनसम्म कोरोना जीवित रहेको पाइएको हो । ३० डिग्री सेल्सियसमा कोरोना ७ दिन घटेर २१ दिनसम्म जीवित रहेको पाइएको थियो ।

    एजेन्सीको सहयोगमा

    प्रकाशित मिति :कार्तिक ९, २०७७ आइतवार - १२:३९:३६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको