अग्नी पीडित मगरलाई गाउँपालिकाले २५ हजार आर्थिक सहयोग 

अग्नी पीडित मगरलाई गाउँपालिकाले २५ हजार आर्थिक सहयोग 

रोदिक खबर

२८, कार्तिक २०७७
  • 4.6K
    SHARES
  • अग्नी पीडित  मगरलाई  गाउँपालिकाले  २५ हजार आर्थिक सहयोग 

    खोटाङ । खोटाङको जन्तेढुंगा गाउँपालिकाले अग्नी पीडित परिवारलाई आर्थिक सहयोग गरेको छ । गत कात्तिक २१ गते भएको आगलागीमा करिब १० लाख बराबरको धन सम्पत्ती गुमाएका जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङ सोभेका विश्वराम मगरलाई गाउँपालिकाले राहत स्वरुप २५ हजार आर्थिक सहयोग गरेको हो । अग्नी पीडित परिवारलाई शुक्रबार गाउँपालिकामै बोलाएर राहत रकम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष शंकर राईले बताए । 

    अग्नी पीडितको सहज जीवन–यापनमा सहयोग पु¥याउनका लागि गाउँपालिकाले राहत रकम प्रदान गरेको हो । अग्नी पीडितलाई गाउँपालिका अध्यक्ष राईले रकम हस्तान्तरण गरेका छन् । अग्नी पीडित परिवारलाई केही दिनअघि मात्र खोटाङ प्राकृतिक सहयोग कोषले राहत स्वरुप १० हजार प्रदान गरेको थियो । 

    रातको २ बजे गोठबाट सल्किएको आगोले मगरको घर सहित एक वटा भैंसी, एक वटा पाडो, तीन वटा बाछी र एक वटा बहर घाईते भएका थिए । आगोमा जलेका भैंसी र पाडो बाँच्न नसक्ने अवस्थामा निकालिएको थियो । घर जलेपछि मगरका ९ जनाको परिवार हाल फगतपुरमा रहेको अर्को आफ्नै घरमा बसिरहेका छन् । 

    प्रकाशित मिति :कार्तिक २८, २०७७ शुक्रवार - १९:२१:१९ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको