प्रदेश १ मा १ सय ८ संक्रमित थपिए, ८१ जना डिस्चार्ज

प्रदेश १ मा १ सय ८ संक्रमित थपिए, ८१ जना डिस्चार्ज

रोदिक खबर

१०, भाद्र २०७७
  • 4.7K
    SHARES
  • प्रदेश १ मा १ सय ८ संक्रमित थपिए, ८१ जना डिस्चार्ज

    विराटनगर । प्रदेश १ मा बुधबार १ सय ८ संक्रमित थपिएका छन् । मोरङमा ४८, सुनसरीमा २४, झापामा १६, तेह्रथुममा ८, पाँचथरमा ४, उदयपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ६ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


    मन्त्रालयका अनुसार विराटनगरमा बुधबार ४३ जनामा संक्रमण देखिएकोे छ । संक्रमण देखिएकामा १३ महिला र ३० पुरुष छन् । मोरङको बूढीगंगामा ३ महिला १ पुरुष, सुन्दरहरैचामा १ पुरुष, सुनसरीको इटहरीमा ५ महिला ९ पुरुष, इनरुवामा १ महिला ३ पुरुष, बर्जुमा १ महिला २ पुरुष, दुहवीमा २ पुरुष , धरानमा १ महिला, झापाको दमकमा ६ महिला ९ पुरुष, र गौरीगञ्जकी १ महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।


    यस्तै, तेहथुमको म्याङलुङमा ४ महिला ४ पुरुष, पाँचथरको फिदिममा ४ पुरुष, उदयपुर र खोटाङमा स्थानीय तह नखुलेका १ महिला र १ पुरुष र प्रदेश १ बाहिरका १ महिला ५ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा कोरोना संक्रमितको संख्या २ हजार ९४० पुगेको छ । प्रदेश १ मा बुधबार ८१ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनेको संख्या १ हजार ३८५ पुगेको छ । प्रदेश १ मा बुधबार १ हजार ३५७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३६ महिला ७२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार बुधबार सम्म ८२ हजार १०२ पुगेको छ ।

    प्रकाशित मिति :भाद्र १०, २०७७ बुधवार - १७:२५:१४ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको