प्रदेश सरकारद्वारा गाउँपालिकालाई दमकल र प्रहरी भ्यान प्रदान

प्रदेश सरकारद्वारा गाउँपालिकालाई दमकल र प्रहरी भ्यान प्रदान

रोदिक खबर

२९, आश्विन २०७७
  • 4.8K
    SHARES
  • प्रदेश सरकारद्वारा गाउँपालिकालाई दमकल र प्रहरी भ्यान प्रदान

    खोटाङ । प्रदेश सरकारले खोटाङको खोटेहाङ गाउँपालिकालाई दमकल र प्रहरी भ्यान प्रदान गरेको छ । अत्यावश्यक सेवा केन्द्र सञ्चालनका लागि प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयले गाउँपालिकालाई एक वटा बारुणयन्त्र (दमकल) र एक वटा प्रहरी भ्यान प्रदान गरेको हो ।

    बिहिबार बिराटनगरमा आयोजित कार्यक्रममा प्रदेश नम्बर १ का मूख्यमन्त्री शेरधन राईले खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईलाई दमकल र प्रहरी भ्यानको चाँवी हस्तान्तरण गरेका छन् ।

    अत्यावश्यक सेवा केन्द्र सञ्चालनका लागि प्रदेश सरकारले केही समयपछि एउटा एम्बूलेन्स पनि प्रदान गर्ने गाउँपालिका अध्यक्ष राईले बताए । 


    प्रदेश सरकारले प्रदान गरेको भ्यानसवारी साधन ईलाका प्रहरी कार्यालय खोटाङबजारमा राख्ने र आवश्यक परेको समयमा प्रयोगमा ल्याउने तयारी गरिएको छ ।

    दमकल र प्रहरी भ्यान लिनका लागि गाउँपालिकाका अध्यक्ष राई, उपाध्यक्ष कविता राई, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई लगायत बिराटनगर पुगेका थिए । 

    प्रकाशित मिति :आश्विन २९, २०७७ बिहिवार - १८:१८:०५ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको