शुक्रवार, भाद्र २६ गते २०८३

खोटाङको धार्मिक तथा पर्यटकीय त्रिधार्मिकस्थल हलेसीको महादेव गुफा ।

खोटाङको धार्मिक तथा पर्यटकीय त्रिधार्मिकस्थल हलेसीको महादेव गुफा ।

रोदिक खबर

४, भाद्र २०७७
  • 24.8K
    SHARES
  • खोटाङको धार्मिक तथा पर्यटकीय  त्रिधार्मिकस्थल हलेसीको महादेव गुफा ।

    खोटाङ । खोटाङको धार्मिक तथा पर्यटकीय त्रिधार्मिकस्थल हलेसीको महादेव गुफा । भष्मासुर राक्षसबाट बच्न शिवजीले आश्रय लिएको, किराती समुदायका पूर्खाले पत्ता लगाएको, पद्मसंभवले बोधिसत्व प्राप्त गरेको, नजिकै किरात समुदायको आदिम थलो तुवाचुङस्थल रहेको लगायतका आधारमा त्रिधार्मिकस्थल मानिएको हलेसीमा हिन्दु, किरात र बौद्ध धर्मावलम्बीहरुको बाक्लो भीड लाग्ने गरेको छ ।

    किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रुपमा रहेको धार्मिक तथा साँस्कृतिक दृष्टिले प्रसिद्ध तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने तथा महादेव गुफा, धर्मद्धार, पापद्धार, बसासा गुफा, भैरब गुफा, दुङ्देलो गुफा, मञ्जुश्री गुफा लगायतका स्थानहरुको अवलोकन गर्न पर्यटक तथा दर्शनार्थीहरु हलेसी आउने गरेका छन् ।

    बौद्धधर्मावलम्बीको मारातिका गुम्बा रहेको हलेसीमा हरेक हिउँद विश्वभरका बौद्धमार्गीहरुले ४/५ महिनासम्म बसेर ध्यान गर्ने गरेका छन् । किरात धर्मगुरु फाल्गुनन्द, बौद्ध धर्मगुरु टुकुपेमा वाङगेल रिम्पोछे, हिन्दुधर्म गुरु शंकराचार्य लगायतले दर्शन भ्रमण गरिसकेको हलेसीमा विश्वभरका बौद्धमार्गी हेलीकोप्टरबाट आउने गरेका छन् ।

    प्रकाशित मिति :भाद्र ४, २०७७ बिहिवार - ०८:४८:०६ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको