सपनीको खुसी जस्तै
क्षणिक रमाउन पनि
एक खिली मुस्कान नभएको बेला
हृदय नै झसङ्ग बनाउदै
फेरि, नआइदे न कोरोना ।
दाह संस्कार नै नगरी
बेरेको त्यो कात्रो
आँसुबाट छुट्न नपाउदै
फेरि नधाइदे न कोरोना ।
म,
त बाट भागे भने
अरुलाई बचाउनु कसरी;
भागिन भने पनि जोगिएर,
बचाउनु कसरी,
मैले त
आँखा नदेख्दा पनि
मेरो हिडाइबाट चिन्ने
मेरो बाबाको भोक मेटाउनु छ,
त्यसैले यी,
अतृप्त नयनलाइ
वृद्ध आमाको मुहार भेटाउनै भएपनि
फेरि नधाइदे न कोरोना ।
बिन्ती छ त्यसैले
मन नै झसङ्ग हुने गरि
घरी घरि नधाइदे न कोरोना;
दिप्रुङ चुइचुम्मा गा.पा.–२, खोटाङ