बलात्कार : मनोवैज्ञानिक कारण र उपचार

बलात्कार : मनोवैज्ञानिक कारण र उपचार

रोदिक खबर

२७, बैशाख २०७८
  • 6.4K
    SHARES
  • बलात्कार : मनोवैज्ञानिक  कारण र उपचार

    हिजो चारकोशे जंगलको बिचमा एक जना बालिका सामुहिक बलात्कार पछि मृत अवस्थामा फेला परिन । सडकको कभर्ड भित्र एक महिलाको लाश भेटियो । फलानो जिल्लामा सानो झाडीभित्र बेवारिसे बच्चाको शव भेटियो । यी समाचारका प्रमुख शीर्षक हुन र आज भोलिको खवर तथा सामाजिक सञ्जालमा यस्ता यौन अपराधसँग सम्वन्धित धेरै समाचारहरु सुन्न तथा हेर्न सकिन्छ । हिजोको दिनहरुमा सयौं निर्मलाहरु तथा भागिरथीहरु बलात्कृत भए तथा कसैले पनि न्याय पाउन सकेनन ।

    कसैको भाग्य खोसियो त कसैको जवानी अनि कसैको इज्जत र हुर्मत माटोमा मिल्यो भने धेरै चेलीहरुको लाउँलाँउ र खाँउखाँउको कलकलाउदो उमेर माटोमा मिलेर बुट्यानहरुलाई मल शिवाय अरु केहि भएन । हुन सक्छ न्यायको आँखामा धुलो पस्यो या त साक्षी र प्रमाणका दलिलहरुमा धुल्या लाग्यो अथवा धन बोल्यो र सत्य चुप बस्यो । यसरी नै चलिरहेछ यहाँको व्यवस्था अनि धर्मराउदैछन ती कानूनका नजिरहरु र खेपीरहेका छन चहरर्याएका ती कोमल मनहरु । यी त भए दिनदहाडै भएका अपराध बलात्कार र कानुनको तजविजी । 

    यहाँ प्रश्न उठ्छ आखिर किन मानिसहरु बलात्कारमा यति साह्रो उद्दत रहन्छन ? कानुनलाई चुनौति या शारिरीक उत्तेजना अथवा मानसिक विचलन, अपराधिक मानसिकता या शक्ति, सम्पती र हैसियतको दुरुपयोग ? कुरा सोचनीय र गम्भीर छ । यस्ता किसिमका बलात्कारीलाई सजाय दिने प्रथा र प्रकृया पनि देश अनुसार फरक फरक किसिमको छ ।

    कुनै देशमा बलात्कारीको अंग नै छेदन गरिन्छ, कहिँ फाँसीको व्यवस्था छ भने कहिँ आजीवन जेलको व्यवस्था पनि छ । साउदी अरेवियामा वलात्कारीलाई सार्वजनिक स्थानमा कोराले हानेर बेहोस पारी हत्या गरिन्छ, चीनमा फाँसी तथा अंगभंग गरेर सजाय दिने चलन छ । उता अफगानिस्तानमा भने टाउकोमा गोली हानेर मारिन्छ, फ्रान्समा भने आजीवन जेलको सजाय हुन्छ र उतर कोरियामा फायरिङ दलबाट गोली हानेर हत्या गरिन्छ ।

    नेपालमा भने त्यस्तो कठोर कानुन भने छैन अवस्था हैसियत अनुसार जेल चलान गर्ने र धरौटीमा रिहा पनि गर्ने चलन छ । कुरा बारम्बार उठ्छ की यस्ता प्रकारका अपराधीलाई कस्तो प्रकारको सजाय उपयुक्त होला ? सजाय हुनु भन्दा अगाडि प्रश्न उठाउन जायज के हुन्छ भने बलात्कार के कारणले हुन्छ र यसको जिम्मेवार पक्ष को हो त ? अनि किन यस्ता अपराधिक क्रियाकलाप भइरहन्छन् ? हाम्रा कैयौं चेलीहरु पश्चिमा संस्कृतिको अनुकरण गरेर अर्ध नग्न कपडा लगाएर अनि बढि मेकअपमा हिड्नु, आवश्यकता भन्दा बढि श्रृंगारका समान तथा गरगहना लगाएर हिड्नु र लुकेर भएपनि अश्लिल फिल्म हेर्नु र केटाहरुलाई आकर्षित गर्नु पनि बलात्कारको एउटा झिनो कारण रहेको कुरा मानव अधिकारवादीहरु तथा महिला सशक्तिकरणमा होमिएका नारीवादीहरु बताउँछन् । यो पनि सानो कारक तत्व भने अवस्य हो ।

    अव प्रश्न उठ्न सक्छ कि बलात्कारको मनोवैज्ञानिक कारण चाँहि के हो त ? प्रसिद्ध मनोवैज्ञानिक सिगमण्ड फ्रायडका अनुसार कुनैपनि मानिसको स्वस्थ्य व्यक्तित्व निर्माणको लागि “इड”, “इगो” र “सुपर इगो” को सन्तुलन हुन अति आवश्यक हुन्छ । यदि उसको मानसिकतामा “इड” ले बढि नियन्त्रण गर्‍यो भने अनियन्त्रित भई आवेगमा आएर अपराधिक क्रियाकलाप गर्न सक्रिय हुन्छ किनकी उसले त ”इड“ त जन्मजात लिएर आएको हुन्छ अनि “इगो” र ”सुपर इगो” त पछि आमा बाबु तथा समाजबाट सिकेको हुन्छ ।

    खराव संस्कार र समाजको कारणबाट “सुपर इगो” को सन्तुलित विकास नहुँदा “इड” ले “सुपर इगो” लाई बढि नियन्त्रण गरि परिस्थितिलाई आफ्नो वहसमा राख्न नसकेर उक्त व्यक्ति विभिन्न किसिमका अपराधिक क्रियाकलापमा संलग्न हुन जान्छ । त्यसपछि हत्या हिंसा र बलात्कार जस्ता जघन्य अपराध गर्न अग्रसर हुन्छ ।

    अश्लिल तथा नग्न फिल्म, रक्सीको सेवन तथा अन्य लागू पदार्थले “इगो” र “सुपर इगो” लाई सुसुप्त बनाई उसको मानसिकतामा “इड” ले राज गरि काबुभन्दा बाहिरको परिस्थितिमा पुगेर जघन्य अपराध गर्न पुग्छ । “इड” ले व्यक्तिमा एकलौटी राज गरेपछि उसमा विवेकले काम गर्न छोड्छ र पशुसरह व्यवहार गर्न लालयित बन्छ ।

    प्र्रसिद्ध अमेरिकी मनोवैज्ञानिक विएफ स्किनरका अनुसार पुरस्कार र सजायले सुपर इगो को विकासमा ठूलो भूमिका खेल्छ राम्रो कामको लागि पुरस्कार अनि नराम्रो कामको लागि दण्ड भएन भने सुपर इगोको विकासमा अवरोध भई अपराधिक मानसिकतालाई जन्म दिई हत्या तथा बलात्कार जस्ता जघन्य अपराधको सोँचलाई प्रशय दिन्छ ।

    उनको राय अनुसार स्वस्थ्य व्यक्तित्व निर्माणको लागि सभ्य परिवार, समाज र शिक्षाको ठूलो भूमिका रहन्छ । फ्रायडको धारणा अनुसार इगोको विकार इड बाट हुने र यसबाट उत्पादित नकारात्मक सोँचलाई इगोले नियन्त्रण गरि सुपर इगोलाई सकारात्मक कार्य गर्न उक्साउँछ । सुपर इगोले नैतिकता असल खराव ठिक बेठिक आदिको आधार प्रदान गरि अस्विकृत र अपराधिक क्रियाकलापलाई अंकुश लगाई सहि कार्य गर्न सहयोग गर्छ ।

    नकारात्मक सोँच, मादक पदार्थ तथा नशाको तालमा इडले मानिसको असल व्यक्तित्वमाथि एक छत्र राज्य गरि आबेगमा आएर इच्छा र आकांक्षाले उन्मत्त भई अकल्पनिय र अपराधिक कुकर्म गर्न उक्साउँछ । त्यसैगरि भाषाविद तथा साइको एनालिष्टहरुको मतानुसार हाम्रो मस्तिष्कको वनोटमा चेतनशिलता करिव १०% र अवचेतन वा अचेतन शिलता करिव ९०% हुन्छ  यसो हँुदा धरैजसो हामीले गर्ने क्रियाकलापहरु थोरैमात्र सकारात्मक र धेरैजसो नकारात्मक नै हुन्छन भने केहि कामहरु त हामीले थाहा नै नपाएर पनि गरिरहेका हुन्छौं ।

    विश्लेषण सोँच तथा केहि योजनाहरु मात्र चेतनशिल मनबाट हुन्छन भने उत्तेजना, अनुभव, आदत, सम्वन्ध, कुलत पराधिन शारिरिक क्रियाकलाप, सिर्जना, विकासात्मक अवस्था, आध्यात्मिक सम्वन्ध र अन्तरदृष्टि जस्ता कैयौं कामहरु अवचेतन मनबाट नै हुन्छन जहाँ इगो र सुपर इगोले इडलाई नियन्त्रण गर्न सकेनन भने नकारात्मकताले अधिन सजिल्यै गर्न सक्छ किनकी हाम्रो मानसिक बनोट नै बढि त अर्धचेतनशिलता र अचेतनशिलताबाट बनेको छ । 

    यसरी मानिसहरु मनोवैज्ञानिक तथा मस्तिष्कको बनोटबाट सिर्जित काम तथा नकारात्मक व्यवहारबाट विभिन्न अपराधिक क्रियाकलाप गर्न उत्तेजित हुने साथै मादक पदार्थको सेवन र लागू औषधको कारणबाट पनि वलात्कारीक कार्यमा अग्रसर हुन्छन भने महिलाको पहिरन, अर्धनग्नता तथा आकर्षण पनि परोक्षरुपमा जिम्मेवार रहन सक्ने कुरा यौन विश्लेषक तथा विशेषज्ञहरु वकालत गर्छन । 

    अहिलेको विज्ञान तथा प्रविधि अनि सूचना तथा संचारको अग्रगामी छलाङ, काममा मेसिनको प्रयोग, बेरोजगार, लागूऔषधको बढि ओसार पसार र प्रयोग, धूवाँ धुलो, कोलाहल र प्रदुर्षण, जैविक पोषणको अभाव तथा जंकफुड र तयारी खानाको अधिकतम प्रयोग, नकरात्मक सोँचको विकास जस्ता कुराले सुपर इगोको विकासमा व्यवधान ल्याइ इडको एक छत्र राजमा वढावा दिइएकोले आज भोलि यस्ता कुकर्मको विकास बढि नै भएको छ यसको सहि समाधानको लागि सकारात्मक सोच बढाउने खालका मानसिक थेरापी, योगा, पूनस्र्थापन केन्द्रमा मनोवैज्ञानिक परामर्श र पथ प्रदर्शन जस्ता कार्यले यस्तो अपराधिक कार्य घटाउनमा सहयोग गर्छ, आजीवन जेल चलान र मृत्यु दण्डले अरु अपराध मात्र सिर्जना गर्छ अनि इडको विकासमा बृद्धि गरि इड इगो र सुपर इगोको बिचको सन्तुलनमा खलल पुर्‍याउँछ किनकी इड भनेको त्यस्तो शक्तिशाली सुन्य हो जो कुनैपनि अंकको पछाडि बसेर त्यो अंकको मूल्य बढाउँछ । (लेखक मानबहादुर खत्री भगवती दिनानाथ मा.वि. खोटाङबजारका शिक्षक हुन् ।)  

    प्रकाशित मिति :बैशाख २७, २०७८ सोमवार - ०९:२६:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको