परिस्थितिले गर्दा प्रबेश परीक्षा भएन । उसको ग्रेडलेजरमा सबैको आँखा पर्याे अब्बल रहेछ पूर्ण छात्रबृति सहित उ नाम चलेको निजी बिध्यालयमा भर्ना भयो । उसको ग्रेड लेजरले शिक्षक प्रशासन र संचालक समितिको ध्यानाकर्षण गर्यो,उ बिज्ञापनको लागि होर्डिङ बोर्डमा फोटो सहित शहरका हरेक चोक चोकमा प्रदर्शित भयो।
फ्लेक्स बोर्ड र सामाजिक संजालका हरेक माध्यममा उसको बिज्ञापनमार्फत थोर बहुत कमाइको शिर्षक थपियो । उ त छोटो समयमा नै कुनै सेलिब्रटी भन्दा कम भएन । बिध्यालयको हरेक बैठक तथा कक्षा कोठामा उसलाई उदाहरण बनाइदै बिषयबस्तुको सुरुवाती गरिन्थ्यो ।
तर उ आफँैमा अनभिज्ञ थियो कि किन उसको यत्रोे बिधि तारिफ गरिदै छ ? के उ सबै यो तारिफको लागि योग्य त छु भन्ने कुराले होस्टेलको दोस्रो तलाको एउटा एकान्त कोठामा रातभर निदाउन सकेको थिएन अनि आत्म ग्लानी,अनभिज्ञता र हिनताबोध बाट दिन प्रतिदिन बिछिप्त बन्दै गएको थियो,छट्पटिरहेको थियो ।
उसलाई आफ्नो प्रशंशाको बारेमा झिनो भेउ सहित थिएन । उ आत्मिक रुपमा लज्जित हुदै थियो ,उ त ग्रामिण क्षेत्रको एउटा साधारण बिध्यालयबाट एस इइ सकेर उच्च शिक्षाको लागि मनमा ठूलो लक्ष,आशा र संभाब्यताको पोको बोकेर सपनाको शहर हानिएको थियो, उसका आशा सहित सोझो र निमुुखा र त्यो गरिब परिबारको पनि भबिष्यको बैशाखी र साहारा मात्र उ थियो । कक्षाको पठनपाठनमा उसको बुझाइ र गहिरो दिलचस्पी हुन सकेन, अन्योलतामा समय बित्दै गयो ।
प्रथम त्रैमासिक परीक्षाको सेड्युल प्रकाशन भयो त्यो दिन देखि नै उसको धड्कन बढ्न थालेको थियो अनि कहिलेकाहीँ त सपनामा बर्बराउन सम्म थालेको थियो कि यस्तो किसिमको तारिफ आखिर के को लागि ? भो मलाई चाहिएको छैन किन यत्रो बिधि मेरो बिल्ला गरेको र मलाई उपहासको पात्र बनाएको ? अब उसको भोक तिर्खा र निन्दा्र समेत गायब भएको थियो । उ अब पूर्ण रुपमा मनोरोगी भइसकेको थियो ।
दिन बित्यो तोकिएको परीक्षाको समय आयो तर उसको मनमा एक किसिमको गह्रौं भारले उसलाई किचिरहेको थियो । मनस्थिति बिथोेलिदै थियो ,परीक्षा भयो उसले जानेको थोर बहुत लेख्यो नजानेको छोडेर बाहिरियो । पाक्षिक पछि नतिजा प्रकाशनको लागि एउटा बोर्ड बैठक बस्यो अनि परीक्षाको छोटो रुपमा समालोचना भयो ,सबैको बिषयबस्तुको एउटै साझा एजेण्डा थियो सुलभले किन सोचे जस्तो परीक्षामा क्षमताको प्रदर्शन गरेन ?
सबै बिषयमा उ त औषत भन्दा तल र कसैले सोचे जस्तो भएन,फितलो प्रस्तुति प्रदर्शन भयो । प्रिन्सिपल सरले कार्यलय सहयोगीलाई बोलाउन छेउमा रहेको कल बेल थिच्नु भयो केहि बेरमा नै उ बोलाइयो र बास्तबिकताको स्पष्टीकरणको लागि गोप्य शाखामा बर्ग शिक्षक र प्रिन्सिपल सर सगँ निन्याउरो चेहरा र दबिएको मानसिकता लिएर बस्यो ।
यो सब के हो सुलभ ? तिमीलाई के भयो ,किन परीक्षा सबै बिगारेको ? उ माथि प्रश्नहरुका चाङ थुपारिए, उसले भयबित हुदै र आत्तिदै फलाक्न थाल्यो सर यो सब मेरो कारणले भएको होइन म बिध्यालयमा हूदाँ सामान्य बिध्यार्थी मात्र थिए तर मेरो बुवा त्यो बिध्यालयको अध्यक्ष र काका हेड सर हुनु हुन्थ्यिो मलाई थाहा भएन कि मेरो ग्रेड लेजरको यत्रो तौलको बारेमा ।
मलाई ल्याकत परीक्षामा तीन वटा बिषय लागेको थियो । अरु बिषयमा पनि कहि निगाहा भएको थियो, प्रयोगात्मक परीक्षामा त सबैमा २५ यानकी ब्⁺ थियो तर हामीलाई कहिल्यै पनि प्रयोगात्मक परीक्षा गराएको थाहा छैन ।
यो केहि बिध्यालयका औषत बिध्यार्थीको साझा अनुभूति र प्रतिनिधिमुलक बिध्यालय प्रशासनको असली नियत मात्र हो कसैसगँ मेल खाएमा आउदो समयमा सुधारेर जानु होला । हो गत सालको माध्यमिक शिक्षाको अन्तिम परीक्षामा कोभिड को त्रासदीपूर्ण बाताबरणले गर्दा एस.इ. परीक्षा बिद्यालयलाई नै जिम्मा लगाएको थियो ।
त्यहिबेला सामाजिक संजालमा बगे्रल्ति टिका टिप्पणी समेत भएका थिए की गत सालको भन्दा यस पटक बिध्यार्थीको नतिजामा आकाश पातलको फरक भयो, ४.०० जिपीए ल्याउने बिध्यार्थीको संख्या हात्तै बढ्यो यसको कारण के थियो त? निरन्तर मूल्याङकन पद्दतिले यो भन्छ कि बिध्यार्थीको एक बर्षको अध्ययनकोे लेखाजोखा मात्र तीन घण्टे परीक्षाले गर्न सक्दैन र यसले बिध्यार्थीमा भएका अन्तरनिहित क्षमताको र चौतर्फी ब्यबहारिक ज्ञानको बस्तुनिष्ट नतिजा दिदैन त्यसैले उसको ब्यबहार परिबर्तन,कक्षा सहभागिता, सृजनात्मक क्षमता हाजिरी ,कक्षा कार्य जस्ता निरन्तर मूल्याङकन का मापदण्डबाट उसको मूल्याङकन गरिनु पर्ने कुरामा जोड दिएको हो ।
अको कुरा शिक्षक बिध्यार्थी सगँ लामो समय सम्म बस उठ गर्छ र उसले सबै बिध्यार्थीको भित्रै देखि नापतौल र लेखाजोखा गरिसकेको हुन्छ कुन बिध्यार्थीको क्षमता कति छ उसलाई ख्याल भइसकेको हुन्छ,उसले सबै बिध्यार्थीको पत्ता पत्ता पढिसकेको हुन्छ, परीक्षा त मूल्याङकनको एउटा सानो पाटो मात्र हो ।
बिध्यालयका आन्तरिक कुराहरु धेरै हुदाँ रहेछन कसैलाई जिल्ला प्रथमको ख्वाब,कसैको बिध्यार्थी आकर्षणको माहौलको सृजना, कसैको पुरस्कार पाउने दृष्टता भने कसैको इज्जत प्रतिष्ठा सगँ पनि जोडिएको हुन सक्ला, त कसैको अभिभाबकबाट मोटो रकम असुल्ने रणनीति पनि हुन सक्ला तर चेपुवामा परे ती कलिला अबोध बालबालिकाहरु,अनि आर्थिक रुपमा निम्छरा ती सोझा अभिभाबक ।
नाम तोकेर भन्दा कसैको मान हानी हुन जाला मैले पनि केहि बिध्यालयको नतिजा हेरेँ ताजुब लाग्यो उसको ग्रेड लेजर हेरेर अनि सायद ती बिध्यालयहरु पुरस्कृत पनि भए होलान ,यसमा मेरो दुखाइ भने कदापी होइन । धेरै बिध्यालयहरुले त सायदै ल्याकत परीक्षा गरे होलान र हचुवाको भरमा बिध्यालयको शाखलाई जोगाउन बिध्यार्थीले उचाल्न नसक्ने जिपिए थमाएर माथिल्लो शिक्षाको लागि धकेले । के यसले शिक्षकको मूल्याङकन गर्ने क्षमता माथि आँच आउदैन र ?
बिस्वसनियता र योग्यता अनि क्षमता माथि प्रश्न चिन्ह उठाउदैन होला र सर्बत्र आलोचित बनाउदैन होला त ? हाम्रै जिल्लाका पनि केहि बिध्यालयले एस.इ.इ. अगाडि ल्याकत परीक्षा गरेर त्यहि परीक्षामा प्राप्त गरेको जिपिए लाई किन्चित फेरबदल नगरी पनिका मा पठाएको कुरा पनि त्यो बेला कुरो उठेको थियो ।
त्यो बेला म अर्कै बिध्यालयमा काम गर्थे,मेरो छोरा भगबती मा.बि खोटाङ बजारमा थियो उसको ल्याकत परीक्षाको लेजर हेरेको थिए र पछि पनिकाले प्रमाणिकरण गरेको लब्ध्यांक मा पनि त्यहि नै थियो जो सान्दर्भिक र यथार्थपरक थियो । बिध्यार्थीको सहि मूल्याङकन थियो ।
निजी कुरा लेखेर गुणगान गाएको अर्थमा यसलाई लिनु भयो भने यहाँनेर तपाइको मूल्याङन क्षमताको पनि मूल्याङकन हुन जान्छ किन कि उदाहरण राम्रो र यथार्थ पस्कनु उचित हो , खराव कुराको आलोचना स्वयम आफ्नो र बाबु आमाको पनि गर्नु पर्दछ किन भने हामी त मूल्याङकन गर्न सक्षम ब्यक्तित्व शिक्षक हौं ।
यो बाहेक अन्य धैरै बिद्यालयहरुले पनि यसरी ल्याकत परीक्षा गरि त्यसैको आधारमा यथार्थ कुरा पनिकामा पठाएको उदाहरण धेरै छन । गत साल त कम्तिमा पनि अध्ययन अध्यापन भएको थियो र अन्तिम मूल्याङकनको लागि केहि सहज भएको थियो तर यो शैक्षिक सत्रमा गत सालको जति पनि शैक्षिक सहजीकरण नभएको हुन सक्छ या धेरै स्थानमा त प्रबिधिको सदुपयोग गरेर राम्रो पनि भएको हुन सक्छ कुनै बिध्यालयले त अतिरिक्त समयमा अध्ययन अध्यापन गरेर पाठ्यक्रमले निर्दिष्ट गरेका सिकाइ उपलब्धि हासिल पनि गरिसक्नु भएको हुन सक्छ, यो असल पक्ष हो ।
तर अहिले पनि कथा र ब्यथा पुरानै दोहोरिएको छ र चुनौति उहि थपिएको छ । हामी तमाम शिक्षकहरुले जान अजानमा भएका गल्ति कमि कम्जोरीलाई यो पटक पखाल्नु पर्ने अनि सच्याउन एउटा अबसर आएको छ ।
हामीले गत सालको सन्जाले आलोचना र गालीलाई यो पटक परास्त गरि शिक्षकहरु हरेक शैक्षिक कृयाकलापमा अब्बल छन सहि मूल्याङकन गर्न माहिर छन भन्ने कुराको दरिलो र बिस्वसनिय प्रमाण यो पटक दिन पनि अपरिहार्य भएको छ ।
सहि मूल्याङकन गर्ने परिपाटीको बिकास गरौं, अब्जसबाट बचौं र नाम, पुरस्कार र शाखको लागि बिध्यार्थीको भबिष्य माथि खेलवाड नगरौं र बिध्यार्थीलाई थाम्न नसक्ने गरि जिपिए लदाएर लज्जित र हिनताबोध हुने गरि मनोरोगको बिजारोपण कदापी नगरौं।
यदि उसको क्षमता छ भने कम जिपिए दिएर इच्छित बिषय पढ्न रोक लगाइ उसको भबिष्यको लागि तगारो पनि नहालौं । मूल्याङकनका सबै साधनहरुको सहि र बस्तुनिष्ठ प्रयोग गरि बिध्यार्थीको भबिष्य र हाम्रो क्षमता र योग्यताको पनि पहिचान दिएर गत सालको आलोचनाको जबाफ दिन सकौं । (लेखक : खत्री भगवती दिनानाथ मा.बि.खोटाङबजारका शिक्षक हुन् ।)