गुरु भेटी

गुरु भेटी

रोदिक खबर

३, आषाढ २०७८
  • 6.0K
    SHARES
  • गुरु भेटी

     कक्षाकोठाको अन्तिम बेञ्चको भित्ताको स्थान उसको सधैंभरिको स्थायी र नीजि हो । उसका अति थोरै साथीभाईहरु मात्र छन जो उसको हाँचमा मिल्छन । घरमा दिदि तथा दाजुहरु सँग चल्ने ,झगडा गर्ने,किताब कपि तथा झोला च्यात्ने, कमिजका टाँकहरु फुटाउने ,घरका समानहरु यत्रतत्र हुँइक्याँउने,ऐना फुटाउने जस्ता उसका घरेलु नित्यकर्म नै हुन।

    उता बिद्यालयमा भने साथीभाइहरु सगँ चल्ने, टेबल तथा बेञ्चहरु भाच्ने, साथीलाई कोपर्ने ,कपाल तान्ने, थुकिदिने,  कलमले घोचिदिने, थुकी दिने,गृहकार्य तथा कक्षा कार्य कहिल्यै पनि नगर्ने, कक्षा भइरहेको बेला निदाउने,टोलाउने, झ्याल बाट बाहिर मात्र हेरिरहने, सोच मग्न हुने, कक्षाबाट बिना जानकारी भाग्ने, साथीका किताब कपि च्यातिदिने, उसका दैनिकी नै थिए ।

    उ हेर्दा खेरि खाइलाग्दो,सलक्क ज्यान परेको, अग्लो र सेतो बर्णको थियो तर सफा सुग्घरमा कहिल्यैपनि ध्यान दिदैन थियो। उ घरमा मात्र नभएर बिद्यालयमा पनि एउटा समस्यामुलक बिद्यार्थी बनेको थियो ।

    बिद्यालयबाट पटक पटक उसका अभिभाबक बोलाएर उसका आनी बानीका बारेमा भलिभाती सिकायत नभएको पनि होइन तर बिचरा सोझा,गरिब र अशिक्षित अभिभाबक के नै पो गर्न सक्थे र ? अनुनय बिनय गरि हात जोडेर उसलाई संझाइ बुझाइ गरि बिद्यालयमा नै राखिदिनको लागि हज्जार हस्त नौ सय नमस्ते गरेर अध्याँरो मुख लगाएर उनिहरु घर फर्किन्थे ।

    अभिभाबकको दयनिय अबस्था देखेर यो साल उ त्यहि बिद्यालयमा थामियो । उमेरमा उ त्यस्तै एघार बर्षको हुदो हो तर कक्षा दूईमा मुस्किलले पुगेको थियो । आफ्नो नाम चाँहि जसो तसो केरमेट गरेर लेख्न सक्थ्यो बाकी बिषयबस्तु त रामै जानुन । कक्षामा शिक्षक शिक्षिकाको माया त पाउन सकेन घरमा भएका अरु सदस्यको माया दया उ माथि कहिल्यै पनि परेन,अनि कक्षाका साथी समुहको र छर छिमेकको माया र सहानुभूति पनि पाउन सकेन ।

    उ असहाय,एक्लो, तिरस्कृत, अपहेलित र पीडित बन्दै गएको थियो, उसमा दया,माया,सहयोग, सद्भाब,आड भरोसा,तथा सहानुभूति कोहि कसैबाट नभएकोले ब्यबहारिक तथा मानसिक रुपमा बिक्षिप्त हुन लागेको थियो । बर्ग शिक्षकको उपस्थिति देखि सातौं घण्टि सम्म उ कुटाइ,गाली,गलौज हेला र तिरस्कृत मात्र भएर निन्याउरो चेहरा लिएर घर फर्किन्थ्यो यो उसको दिनचर्या बनेको थियो ।

    यस बाट उ हरेक दिन नकारात्मक मानसिकताको कारण रुने कराउने,बर्बराउने,फोहोरी हुने, र सुष्त मनस्थितिको सिकार बनीरहेको थियो । बार्षिक परीक्षाको नतिजा प्रकाशन भयो उसले नाम मात्र कोरेको थियो स्टाफ बैठक र अभिभाबक सल्लाह मुताकिक कतै सुध्रि पो हाल्छ भनेर जबरजस्ती कक्षा चढाउने कार्य भयो । तर उसको ब्यबहार तथा आनी बानीमा एक सुता पनि सुधारको रेखा देखिएन । बरु उसको हालत झन खराब हुन थाल्यो ।

    कक्षा तीनमा एक जना उम्दा, लगनशिल तालिम प्राप्त र योग्य शिक्षक हुनु हुन्थ्यो धनकेशर रायमाझी । उहाँ शिक्षा शास्त्र संकायमा स्नात्तकोत्तर गरेको र बाल मनोबिज्ञान बुझेको तथा पथ प्रदर्शन र बाल परामर्शको क्षेत्रमा लामो समय सम्म काम गरेर शिक्षण पेशामा आउनु भएको थियो । एक दिन रायमाझी सरले हड सर सगँ उक्त समस्यामुलक बालकको जिम्मा लिएर उसको जरै सम्म मामला अध्ययन गरि समस्या समाधानको लागि केहि गर्ने अनुमति माग्नु भयो ।

    यो हेडसरको लागि एउटा गतिलो मौका थियो उहाँले बिना तर्क बितर्क सहज रुपमा अनुमति दिनु भयो । रायमाझी सरले यो समस्यामुलक बालकको जरै देखिको अध्ययन गरि उचित मायाँ र निर्देशन तथा पथप्रदर्शन बाट उसलाई सहि मार्गमा ल्याउने संकल्प गर्नु भयो तर यो कार्य सोचेजस्तो सरल तथा सजिलो भने पक्कै थिएन ।

    किनकी यो बालक हदको सिमा पार गरिसकेको थियो । हेड सरले “डु योर बेस्ट रायमाझी सर” भनेर उक्त बालक उहाँको काँधमा थमाइदिनु भयो । दृढ संकल्प, इच्छा शक्ति, धैर्यता तथा अनबरत जोस र उत्साहका साथ रायमाझी सर बिषेश टास्कमा डटेर लाग्न थाल्नु भयो ।

    सुरुको दिन उहाँ सबै भाइ बहिनीहरु नमस्कार भन्दै कक्षा तीनमा पसेर सबै सँग प्रशन्न मुद्रामा हात मिलाएर परिचय गर्दै आफ्नो तथा घर परिबारको बारेमा सोध पुछ गर्नु भयो अनि आफ्नो पनि परिचय दिनु भयो । को कस्ले के के खाएर आएको हो अनि घरमा सबै जनालाई सञ्चै छ अनि तपाईहरुको बुवा आमा के के काम गर्नु हुन्छ भनेर पालैपालो सोध्नु भयो ।

    सधैभरि तँ भनेर बोलाइने बिद्यार्थीहरु आज तपाइको उपमा पाउदा अति खुशि र रोमान्चित थिए ,उनिहरुमा नयाँ कौतुहल थपिएको थियो । सरले मिठो अनि नम्र र हसिलो भएर भन्न थाल्नु भयो ल भाइ बहिनीहरु आज म तपाईहरुको बिषेश क्षमता मात्र जाँच्छ ल ।

    अब पालैपालो भन त तपाईहरु ककस्लाई के के गर्न मन लाग्छ र जान्दछौ ? सबैले बढो उत्साहका साथ आफुलाई लागेका मनका कुराहरु बिना संकोच तँछाड मछाड गरि पालो समेत उछिनेर भन्न थाले । उहाँले सबैलाई स्याबासी दिएर,धाप मारेर, बोकेर तथा म्वाइ समेत खाएर आफन्त जस्तो र मायालु बाताबरणको सिर्जना गर्र्नु भयो ।

    बिदुरले लजाउदै धकाउदै म त गीत गाउछु सर भनेको के मात्र थियो पुरै कक्षाका बिद्यार्थीहरु गलल्ल हाँसे सरले सबैलाई नहास उ पनि तिमीहरुको साथी हो ल धैर्य भएर सुन त उसले कस्तो गीत गाउदो रहेछ । बिदुरले जानी नजानी दुई चार लाइन गीत गुनगुनायो र रातो पिरो भयो ।

    उसको गीतमा सरले अरुलाई ताली बजाउन लगाएर आफुले नाची दिनु भयो । उहाँले पुरस्कार स्वरुप चार वटा ल्याक्टो फोन चक्लेट दिएर सबैको अगाडि उसको प्रशंशा गरि बुइ बोकेर कक्षामा घुमाउनु भयो । त्यो दिनको निर्धारित समय सकिएकोले सर कक्षाकोठाबाट बाहिरिनु भयो । 

    एकै दिनमा रायमाझी सरले उसको समस्याको चुर पत्ता लगाउन सफल हुनु भयो । उहाँ बाल मनोबिज्ञान बुझेर शिक्षण गर्नमा जिल्ला भरि नै ख्यातिप्राप्त शिक्षक भनेर कहलाउनु भएको थियो । भोलि पल्टको कक्षामा पनि उहाँले किताब पल्टाउन लगाउनु भएन,गायन प्रतियोगिता नै गराउनु भयो,बिदुर तेस्रो स्थानमा आएर पुरस्कृत भयो ।

    उसको सकृय सहभागिताको कारण गुरु खुशी हुदै तेस्रो दिन भने बिद्यालय स्तरीय एकल गायन कायक्रमको आयोजना गर्नु भयो बढो अचम्म भयो बिदुर त बिद्यालयमा नै उत्कृष्ट भयो र हेडसर लगायत बिद्यालय टिम बाट वाहा ! र स्याबासी बटुल्न सफल भयो । बिदुरमा अब धेरै परिबर्तन भइ सकेको थियो र उ एउटा भलाद्मी बिद्यार्थी भइ सकेको थियो ।  उसमा नयाँ जोस जागर र उर्जाले क्रमिक रुपमा आलिङगन गरिरहेको थियो ।

    रायमाझी सर कक्षाकोठामा सधैं झैं बिद्यार्थीलाई नमस्कार गरि प्रबेश गरेर सेतो पाटीमा पाठ शिर्षक लेखि गीतको लयमा गुनगुनाउदै पढाउनु हुन्थ्यो यसको छुट्टै मज्जा र रौनकता थियो । सबै बिद्यार्थीलाई पनि गीतको भाकामा पाठलाई अघि बढाउनु भयो र अन्त्यमा प्रश्न सोध्दा त उहाँ आश्चर्य चकित नै बन्नु भयो किन भने बिदुरले त अरुको भन्दा राम्रो तबरले उत्तर भन्न सक्यो ।

    उहाँले बिदुरमा एउटा सांगितिक भबिष्य पढ्नु भयो अनि हरेक बिषयका सबै पाठहरु गीतको माध्यमबाट शिक्षण गर्न थाल्नु भयो । त्यो बर्षको अन्तिम परीक्षामा त नसोचेको नतिजा प्राप्त भयो बिदुरले सफल पास गर्न सक्यो ।

    अब गुमेको मायाँ ममता ,हौसला बिस्तारै उसले फर्काउन थाल्यो अनि सबै शिक्षकको नजर मन र मस्तिष्कमा सकारात्मक रुपमा उदाउन थाल्यो । उसले बाबु आमा, छर छिमेकी साथी भाइ तथा शिक्षक सबैबाट मायाँ र हौसलाका पोकाहरु समाउन थाल्यो । घरमा उसका बुबा आमा तीन छक्क पर्नु भयो सधैं भरि किताब च्यात्ने,कलम फुटाउने केटो आज भोलि कोठामा पढिरहेको छ,लेखिरहेको छ ,बानी ब्यबहारमा पनि नपत्याउने किसिमको सकारात्मक परिबर्तन भएको छ ।

    साइनो केलाएर सबैलाई सम्मान गर्छ मिठो बोल्छ सफा सुग्घर र हसिलो छ । आफ्ना सबै कामहरु आफैं गर्न थालेको छ ,उहाँहरुलाई उसका यस्ता असोचनीय बानी ब्यबहारले अचम्म पारेको छ । 

    पन्ध्र बर्ष पछाडि एक दिन रायमाझी सर काम बिषेशले गर्दा शहर जानु भएको थियो ,शहरका हरेक चोक र गल्लीहरुमा सास्कृतिक कार्यक्रमको बारेमा होर्डिङ बोर्डहरु सजाइएका थिए। बोर्डमा सजिएको फोटो चाहिँ उहाँको चश्माको कम्ती पाओरले त्यति ठम्याउन सक्नु भएन तर लख काट्नु भयो कि ठूलै कार्यक्रमको आयोजना गरिदै रहेछ ।

    उहाँले ए लेभलको टिकट लिएर कार्यक्रम हलमा पुगी तोकिएको सिटमा बस्नु भयो । उक्त हलमा प्रशासक,राजनितिज्ञ,सचिब, मन्त्री ब्यापारी उद्योगपति र अन्य भि आइ पी हरुले हल खचाखच थियो ।सबैको आसन ग्रहण,स्वागत र शुभकामना मन्तब्य पछि उदघोषकले उल्लासमय स्वरमा धेरै बिशेषणको भुटुन लगाउदै नाम लियो भाइरल र सुप्रसिद्द होनहार लोकपृय गायककार “बिदुर क्षेत्री” मञ्च तालीले पूरै गड्गडायो र गुन्जयमान भयो र हाइ हूइ तथा सुसेलीले थोरै समय कोलाहलमय पनि बन्यो ।

    दुबै हात हल्लाउदै र नमस्कार गर्दै एउटा खाइलाग्दो र सेतो बर्णको हंशमुखि यूबा प्रफुलित मुद्रामा स्टेजमा बढो उत्साहका साथ छिर्याे । गुरुले उसको बारेमा किन्चित पनि अनुमान गर्न र उसलाई चिन्न सक्नु भएन । बिदुर मञ्चमा उभिएर सबैलाई नमस्कार र संबोधन गरि आफ्नो सफलता र हौसलाको बारेमा थोरै अतित कोट्याउन थाल्यो र आज सम्मको ख्याती र सफलताको श्रेय को लागि धनकेशर सरको नाम सगौरब उच्चाहरण गरि एक पटक झुकेर हार्दिक नमन गर्यो ।

    दर्शक दिर्घामा बिराजमान धनकेशर सरको छाती गर्बले फुल्यो ,हर्षका आशँुका धारा गालाको बाटो गरि चिउडोबाट तप तप चुहुन थाले,उनि खुशि र उत्साहले निशब्द भए ,एकै पटक अपत्यारिलो र ठुलो खुशिको भार थेग्न असहज भएको उनले बास्तबिक अनुभूति गरे ।

    धित मरुन्जेल उसका कर्णप्रीय गीतहरु श्रबण गरेर उसलाई एक पटक भेट्ने भित्री इच्छा जागेर उनि गेटको छेउमा  बसे । एकाध घण्टा पछि उ वरिपरि फ्यान र सहयोगीले घरिएर रानो माहुरी झैं गेटमा आयो । सरले हत्त न पत्त उसको छेउमा गएर कोट्याउदै भन्नु भयो बिदुर बाबु !

    म त्यहि धनकेशर सर हो तिम्रो कर्णपृय गीत धित मरुन्जेल सुनेर यी कानलाई पबित्र बनाउन पाए,म धन्य रहेछु आफ्नो कर्म र पेशाको मिठो फसल आज उठाउन पाए अब मेरो मनोकांक्षा पूरा भएको छ । गुरु चेला छोटो अंकमाल र भलाकुसरी पछि उसको भिजिटिङ कार्ड बोकेर हिडे उनलाई थाहै भएन कति खेर कोठामा आइपुगेछन । 

     दुई बर्ष पछाडि रायमाझी सर घाँटीको उपचारको लागि शहर गएका थिए,अस्पतालको रिपोर्ट अनुसार उनलाई घाँटीको क्यान्सर भएको रहेछ र त्यसको सफल उपचारको लागि अप्रेसन नै गर्नु पर्ने भएको रहेछ जुन अति महंगो र स्वदेशमा नहुने कुरा उनले डाक्टरबाट सुने उनि त छाँगाबाट खसे। त्यो खर्च जुटाउनु उनको लागि आकासको तारा झार्नु समान थियो ।

    उनि आफ्नो भएभरको जग्गा जमिन बेचेर सन्तानलाई सुकुम्बासी बनाइ उपचार गर्ने कुरामा पनि सहमत भएनन। जाबो एउटा शिक्षकको जिन्दगी भरीको कमाइ उनको उपचार गर्नको लागि पनि पुगेन उनले एक पल्ट शिक्षक भएकोमा पश्चाताप पनि गरे तर बिदुर जस्ता होनाहार सपुत बनाएकोमा अर्कोमनमा सन्तोष पनि भएको थियो ।

    आखिरी एक पल्ट मर्ने जुनि हो मर्नै पर्छ भनेर उनि आफ्नो उपचारबाट पछि हच्किए । उनि अस्पतालको जेनेरल वाडमा बसेर बलिन्द्र आँशुका धारा खसाउदै बिगत र आगतका अनुभबहरु घोलेर दुख सगँ पिउदै जिन्दगीको अन्तिम दिनको प्रतिक्षामा ब्यग्र बनिरहेका थिए । पत्रिकाहरुले एउटा शिक्षकले उपचार गर्न सकेन भनेर ठूला अक्षरमा लेखेका समाचारको शिर्षकमा बिदुरको आँखा पुग्यो र थाहा पायो कि त्यहि रायमाझी सर पो मृत्युलाई पर्खिएको खबर ।

    उ रफ्तारमा अस्पताल पुगेर गुरुसगँ भेट गरि उहाँलाई जसरी भएपनि बचाउने आश्वासन दिएर फर्किन्छ अनि गुरुको उपचारार्थ एकल गायन च्यारिटी शो को आयोजना गर्छ । उसको कर्णपृय गीत सुन्न को पो पछि पथ्र्यो र ? उसले तीन घण्टाको लागि हल भाडामा लिएर सास्कृतिक कार्यक्रमको झकास प्रस्तुती दियो । गुरुको उपचारको लागि चाहिने यथेष्ट रकमको ब्यबस्था गरि शिघ्र अपरेशन गरि गुरु भेटी स्वरुप सरलाई पुनर्जीबन दियो । (लेखक : खत्री भगवती दिनानाथ मा.बि.खोटाङबजारका शिक्षक हुन् ।)

    प्रकाशित मिति :आषाढ ३, २०७८ बिहिवार - ०९:१७:२२ बजे

    रोदिक खबर

    ताजा अपडेट
    धेरै पढिएको